विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ४४ लाख नाघ्यो « Khabarhub

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ४४ लाख नाघ्यो


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ४४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार २१२ जनाको मृत्यु भएसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४४ लाख ३ हजार ९२२ पुगेको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ५१ हजार ३२५ जनानमा संक्रमण भएको छ । यस्तै थप १०२० जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख ४१ हजार ३११ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ७१ हजार ६६२ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार संक्रमित देखिन थालेका छन् । तथापि त्यहाँ तेस्रो लहरको खतरा उच्च भएको विज्ञहरूले चेतावनी दिएका छन् । भारतमा बिहीबार बिहानसम्म ४ लाख ३३ हजार ६३ संक्रमितको मृत्यु भएको छ ।

यस्तै  रूसमा १ लाख ७२ हजार ‍९०९ जना, बेलायतमा १ लाख ३१ हजार २६० जना, फ्रान्समा १ लाख १२ हजार ९७६ जना, इटालीमा १ लाख २८ हजार ५७९ जनाको मृत्यु भएको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ७९ हजार ३४७ जना संक्रमित भएका छन् । यही अविधमा संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४३ हजार ५६३ छ ।  पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १८ करोड ८१ लाख ७५ हजार ५२ छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमितको संख्या २१ करोड ४३ हजार३७१ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ७४ लाख ६४ हजार ३९७ छ । यसमध्ये १ लाख ७ हजार ८७६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ७ : ३५ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६