नङले पनि बताउँछ स्वास्थ्य अवस्था | Khabarhub Khabarhub

नङले पनि बताउँछ स्वास्थ्य अवस्था


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नङको बदलिदो रङ वा त्यसमा आउने धब्बा बिरामी पर्ने संकेत हुनसक्छ । त्यसैले यस्ता चीजलाई वेवास्ता गर्नु हुदैँन । हस्त रेखा विज्ञान अनुसार जसरी हातका रेखा, शरीरको कोठी, निशान विभिन्न जानकारी दिन्छ त्यसैगरी नङले पनि केहि महत्वपुर्ण जानकारी दिन्छ । नङको आकार, रंगले मानिसको स्वभाव, व्यक्तित्वका अलावा बिरामीको संकेत पनि दिन्छ ।

यस्ता नङ भएका अल्छी
जो मानिको नङ माथिल्लो भागमा चौडा र तल साँघुरो हुन्छ यस्ता व्यक्ति अक्सर अल्छी र आफ्नो मर्जीमा बाच्ने स्वभावका हुन्छन् । यस्ता मानिसले आफुलाई सक्रिय राख्न र बढि मानिसँग जोडिन कोशिश गर्नु पर्दछ । यस अलावा छोटो र चौडा नङ भएका मानिस लडाई–झगडामा अघि रहन्छन् । यस्ता मानिसे अरुको काममा हस्तक्षेप गर्दछन् ।

नङबाट स्वास्थ्यको जानकारी
नङको रंग नीलो भए वा त्यसमा नीलो कालो रंगका धब्बा देखिए शरीरमा ब्लड सर्कुलेशनमा गडबडीको संकेत मानिन्छ । शरीरलाई पर्याप्त मात्रामा अक्सिजन नमिल्दा नङ नीलो हुने गर्दछ । नङ नीलो हुनु हृदयसँग जोडिएको बिरामीको संकेत हो । यस्तो भए चिकित्सकको परामर्श लिनु पर्दछ ।

नङमा सेतो धब्बा
नङमा आउने सेतो धब्बाले शरीरमा प्रोटीन, जिंक र भिटामिन बीको कमी दर्शाउँछ । यस अलावा नङमा सेतो धब्बा किड्नी वा लिभरसंग जोडीएको बिरामीको संकेत गर्दछ । यो ब्लड प्रेशर, हड्डिको कमजोरी र तनावका कारणले पनि हुने गर्दछ । यदि तनावका कारण यो धब्बे आएको भए यसलाई मेडिटेशन आदि मार्फत कम गर्न सकिन्छ ।

पहेलो नङ
पहेलो नङ फंगल इंफेक्शनको संकेत हुनसक्छ । साथै थाइराइड, मधुमेह र फोक्सोको समस्या हुनसक्छ । यस्तो हुनुमा रगेको प्रवाहमा पित्तको मात्र बढि हुनु हो । यो हुनुमा लिवरमा खराबी हुनसक्छ । किनभने लिवरमा समस्या हुदाँ पित्त बढि बन्ने गर्दछ ।

नङ आफै भाचिनु वा टुक्रिनु
कतिपय मानिसको नङ सही आकारमा हुदैँन । यो जतापायो त्यतैबाट काटिएको जस्तो टेढोमेडो वा टुक्रिएको हुन्छ । यस अलावा नङ कमजोर भएर यो आफै टुक्रिन पनि सक्छ । यसो हुनुमा शरीरमा रगतको कमी हुनु र किड्नीमा समस्या भएर हुने गर्दछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ११ : १५ बजे

आज २०८१ साल जेठ ४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ४ गते शुक्रबार तदनुसार

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि