नङले पनि बताउँछ स्वास्थ्य अवस्था « Khabarhub

नङले पनि बताउँछ स्वास्थ्य अवस्था


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नङको बदलिदो रङ वा त्यसमा आउने धब्बा बिरामी पर्ने संकेत हुनसक्छ । त्यसैले यस्ता चीजलाई वेवास्ता गर्नु हुदैँन । हस्त रेखा विज्ञान अनुसार जसरी हातका रेखा, शरीरको कोठी, निशान विभिन्न जानकारी दिन्छ त्यसैगरी नङले पनि केहि महत्वपुर्ण जानकारी दिन्छ । नङको आकार, रंगले मानिसको स्वभाव, व्यक्तित्वका अलावा बिरामीको संकेत पनि दिन्छ ।

यस्ता नङ भएका अल्छी
जो मानिको नङ माथिल्लो भागमा चौडा र तल साँघुरो हुन्छ यस्ता व्यक्ति अक्सर अल्छी र आफ्नो मर्जीमा बाच्ने स्वभावका हुन्छन् । यस्ता मानिसले आफुलाई सक्रिय राख्न र बढि मानिसँग जोडिन कोशिश गर्नु पर्दछ । यस अलावा छोटो र चौडा नङ भएका मानिस लडाई–झगडामा अघि रहन्छन् । यस्ता मानिसे अरुको काममा हस्तक्षेप गर्दछन् ।

नङबाट स्वास्थ्यको जानकारी
नङको रंग नीलो भए वा त्यसमा नीलो कालो रंगका धब्बा देखिए शरीरमा ब्लड सर्कुलेशनमा गडबडीको संकेत मानिन्छ । शरीरलाई पर्याप्त मात्रामा अक्सिजन नमिल्दा नङ नीलो हुने गर्दछ । नङ नीलो हुनु हृदयसँग जोडिएको बिरामीको संकेत हो । यस्तो भए चिकित्सकको परामर्श लिनु पर्दछ ।

नङमा सेतो धब्बा
नङमा आउने सेतो धब्बाले शरीरमा प्रोटीन, जिंक र भिटामिन बीको कमी दर्शाउँछ । यस अलावा नङमा सेतो धब्बा किड्नी वा लिभरसंग जोडीएको बिरामीको संकेत गर्दछ । यो ब्लड प्रेशर, हड्डिको कमजोरी र तनावका कारणले पनि हुने गर्दछ । यदि तनावका कारण यो धब्बे आएको भए यसलाई मेडिटेशन आदि मार्फत कम गर्न सकिन्छ ।

पहेलो नङ
पहेलो नङ फंगल इंफेक्शनको संकेत हुनसक्छ । साथै थाइराइड, मधुमेह र फोक्सोको समस्या हुनसक्छ । यस्तो हुनुमा रगेको प्रवाहमा पित्तको मात्र बढि हुनु हो । यो हुनुमा लिवरमा खराबी हुनसक्छ । किनभने लिवरमा समस्या हुदाँ पित्त बढि बन्ने गर्दछ ।

नङ आफै भाचिनु वा टुक्रिनु
कतिपय मानिसको नङ सही आकारमा हुदैँन । यो जतापायो त्यतैबाट काटिएको जस्तो टेढोमेडो वा टुक्रिएको हुन्छ । यस अलावा नङ कमजोर भएर यो आफै टुक्रिन पनि सक्छ । यसो हुनुमा शरीरमा रगतको कमी हुनु र किड्नीमा समस्या भएर हुने गर्दछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ११ : १५ बजे

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली– धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष

विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा रहेका विपक्षी दलहरुको बैठक आज

सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिले आज संविधानविदहरूसँग परामर्श गर्दै

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित