मन्दिरमा मोटरसाइकलको पूजा गर्नुको कारण « Khabarhub

मन्दिरमा मोटरसाइकलको पूजा गर्नुको कारण


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्ममा ३३ कोटी देवीदेवताको पूजा गरिन्छ । अन्य धर्ममा पनि धार्मीक आस्था अनुसार भगवानको पूजा प्राथना हुन्छ । यसरी गर्ने पूजा वा प्राथना गर्ने पवित्र केन्द्र मन्दिर, मस्जिद, चर्च लगायतमा गरीन्छ । त्यहाँ भगवानका प्रतिमा वा स्वरुपलाई मान्ने गरीन्छ । तर विश्वमा एउटा मन्दिर छ जहाँ देवी देवता होइन मोटरसाइल बुलेटको पूजा हुन्छ ।

भारतको राजस्थानको जोधपुरस्थित ओम बन्ना अर्थात बुलेट मन्दिरमा देवता वा देवताको वाहनको होइन मानिसको वाहन मोटरसाइलको पूजा हुन्छ । यस लोकप्रिय मन्दिरमा देवी–देवताको साटो बुलेटको पूजा हुन्छ । जोधपुर–पाली हाइवेबाट २० किलोमिटर टाढा रहेको यस मन्दिरमा बुलेटको पूजा हुदैँ आएको छ ।

सन् १९८८ मा जोधपुर पालीमा बस्ने राजस्थानमा राजपूत परिवारका युवाले बन्ना शब्द प्रयोग गरिन्थ्यो । ओम बन्ना आफ्ना बुलेट बाइक जादाँ बाटोमा जादाँ दुर्घटनाको शिकार भएका थिए । उनको दुर्घटनामा मृत्यु भयो । भनाई अनुसार दुर्घटना पछि मोटरसाइकललाई प्रहरी चौकी लगिदै थियो तर मोटरसाइकल अचानक गायब भयो । र ओम बन्नाको दुर्घटनास्थलमा नै सो मोटरसाइक भेटियो ।

यस घटना पश्चात पुनः मोटरसाइकललाई चौकी लगियो । तर फेरी पनि त्यहाबाट गायब भएको मोटरसाइकल उही दुर्घनास्थलमा नै भेटियो । स्थानीयका अनुसार यो क्रम पटक पटक दोहोरीएपछि प्रहरीले मोटरसाइकललाई सिक्रिले बाधेर राखे । तर पनि मोटरसाइकल गायब भयो र दुर्घटनास्थलमा नै भेटियो । त्यसपछि यसलाई चमात्कार मान्दै त्यहा मन्दिर बनाएर मोटरसाइकल स्थापना गरियो र यसको पूजा गर्न थालियो ।

मानिसको आस्था अनुसार ओम बन्ना उनीहरुको सवारीको रक्षा गर्दछन् । त्यतिमात्र होइन त्यहा उनको पूजा आराधना पनि हुन्छ । आरती गरीन्छ, भजन गाइन्छ । मान्यता अनुसार त्यस मन्दिरको स्थापनापछि त्यस क्षेत्रमा कहिल्यै मोटरसाइकल दुर्घटना भएको छैन ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ८ : १८ बजे

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला

५२ युवा नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै