सभामुखलाई एमालेको प्रश्न– नेपाल समूहका १४ सांसदको कारबाहीमा किन ढिलाइ ? « Khabarhub

सभामुखलाई एमालेको प्रश्न– नेपाल समूहका १४ सांसदको कारबाहीमा किन ढिलाइ ?


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले माधवकुमार नेपाल पक्षका १४ सांसदलाई कारबाही गर्न ढिलाई गरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ ।

बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई नेतृत्वको टोलीले नेपाल पक्षका १४ सांसदलाई कारबाहीमा ढिलाई भएको भन्दै ध्यानाकर्षण गराएको हो ।

आफूहरूले दल त्यागको सूचना दिएको ७२ घण्टा पुग्न लाग्दासम्म सभामुखले सूचना प्रकाशन नगरेकाले सभामुखलाई भेटेरै ध्यानाकर्षण गराएको भट्टराईले जानकारी दिए ।

सभामुखले माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन स्वीकृत होस् भनेर पर्खिएको हुनसक्ने भन्दै त्यसो गरेमा आफूहरूलाई मान्य नहुने उनको भनाइ छ ।

एमालेलाई फुटाउने नियतले सभामुख सापकोटाले सूचना टाँस गर्न ढिलाई गरे त्यो मान्य नहुने उनले बताए ।

भेटपछि सभामुख सापकोटाले उक्त विषय छिटोभन्दा छिटो टुङ्गोमा पुर्‍याउने आश्वासन दिएको भट्टराईले जानकारी दिए ।

एमालेले कारबाही गरेको निवेदन पठाएपछि नेपाल पक्षका सांसदले यसअघि नै संसद सचिवालयमा कारबाही नगर्न भन्दै निवेदन दिइसकेका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  २ : २८ बजे

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट

उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार अज्ञात आतंककारीहरूले

केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन : मुख्यमन्त्री पाण्डे

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन