‘आँधी तुफान २’को छायांकन पुरा « Khabarhub

‘आँधी तुफान २’को छायांकन पुरा


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक पात्रको हत्याको अनुसन्धानमा परिचालित तीन युवतीको कथा समेटिएको फिल्म ‘आँधी तुफान २’ को छायांकन पुरा भएको छ । छायांकन सुरु भएको ३१ औं दिनमा यसको ‘इन्ड क्ल्याप’ गरिएको हो ।

फिल्मका निर्माता तथा लेखक मौनता श्रेष्ठका अनुसार फिल्मको एक गीत खिच्न बाँकी रहेकाले त्यसलाई थाँती राखेर बाँकी सबै काम पुरा गरिएको छ । मदन घिमिरे निर्देशित फिल्म काठमाडौं र धुलिखेलमा छायांकन गरिएको छ ।

चक्र घले निर्माता रहेको फिल्ममा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, संजय खतिवडा, सिवन लामा, सुदीप आचार्य, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, रवी गिरी, पुष्कर राउत, विन्दिया, ऋचा, सुदिप, रमेश तामाङ र बालकलाकार अरुण कालीराज लगायतको अभिनय छ ।

फिल्ममा रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको द्वन्द्व, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत र कमल राईको नृत्य रहेको छ । यो फिल्म १६ वर्ष अघि महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको सुपरहिट फिल्म ‘आँधी तुफान’को सिक्वेल हो ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  २ : ५८ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ