‘मिसेस नेपाल ग्ल्याम’ को खोजी « Khabarhub

‘मिसेस नेपाल ग्ल्याम’ को खोजी


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल ग्ल्याम २०२१’ को फिनाले यही भदौ १२ गते हुने भएको छ । आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा फिनाले गर्ने जनाएको छ ।

प्रतिस्पर्धामा शान्ति मगर लिम्बू, रमिता यादव, शोभा शाही, रंगा लक्ष्मी फुयाल, अन्जना खड्का, बबी शाह, सुनिता श्रेष्ठ, सरिता श्रेष्ठ, उर्मिला कार्की र कल्याणी सुवाललगायत एक दर्जन महिला उपाधिका लागि भिड्दैछन् ।

विवाहित महिलाहरुको प्रतिभा निखार्दै उनीहरुको भविष्य सुधार्ने उदेश्य प्रतियोगिताको रहेको आयोजक संस्थाकी प्रिती कार्कीले बताइन् ।

सञ्चारकला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङसेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिललगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धाका लागि प्रतियोगी तयार रहेको कार्यक्रम संयोजक आकाश गिरीले बताए । कार्यक्रममा कोरोना कारणले रोकिएको ट्यालेन्ट राउण्डसमेत आयोजना हुनेछ ।

शीर्षसहित विभिन्न आधा दर्जन विजेता छानिने प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गरिरहेका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ५ : १५ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,