प्राचीन बुद्ध मूर्तिसहित पाँच जना पक्राउ « Khabarhub

प्राचीन बुद्ध मूर्तिसहित पाँच जना पक्राउ


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बर्दियामा बुद्धको पुरानो मूर्ति किनबेच गरिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पुरातात्विक महत्वको बुद्धको मूर्तिसहित पाँच जनालाई पक्राउ गरेको हो।

बर्दियाको गुलरिया नगरपालिका–७ मा रहेको विजय गेष्ट हाउसमा केही मानिसहरु बहुमूल्य धातुको बुद्ध मूर्ति करौडौं रुपैयाँमा किनबेच गरिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका–७ का ४० वर्षीय निराजन उप्रेती, मधुवन नगरपालिका–१ का ३४ वर्षीय उज्वल रोकाय, वडा नम्बर ९ का ३४ वर्षीय अमृत राई, ठाकुरबाबा नगरपालिका–९ का ३२ वर्षीय ईश्वर प्रसाद उपाध्याय र जाजरकोट बारेकोट गाउँपालिका–२ का २९ वर्षीय मग बहादुर नेपाली रहेका छन्।

प्रहरीले विजय गेष्ट हाउसको कोठा नम्बर ३ सय २८ मा चेकजाँच गर्दा किनबेच गर्न राखिएको बुद्धको मुर्ति बरामद भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ९ : १५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना