प्राचीन बुद्ध मूर्तिसहित पाँच जना पक्राउ « Khabarhub

प्राचीन बुद्ध मूर्तिसहित पाँच जना पक्राउ


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बर्दियामा बुद्धको पुरानो मूर्ति किनबेच गरिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पुरातात्विक महत्वको बुद्धको मूर्तिसहित पाँच जनालाई पक्राउ गरेको हो।

बर्दियाको गुलरिया नगरपालिका–७ मा रहेको विजय गेष्ट हाउसमा केही मानिसहरु बहुमूल्य धातुको बुद्ध मूर्ति करौडौं रुपैयाँमा किनबेच गरिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका–७ का ४० वर्षीय निराजन उप्रेती, मधुवन नगरपालिका–१ का ३४ वर्षीय उज्वल रोकाय, वडा नम्बर ९ का ३४ वर्षीय अमृत राई, ठाकुरबाबा नगरपालिका–९ का ३२ वर्षीय ईश्वर प्रसाद उपाध्याय र जाजरकोट बारेकोट गाउँपालिका–२ का २९ वर्षीय मग बहादुर नेपाली रहेका छन्।

प्रहरीले विजय गेष्ट हाउसको कोठा नम्बर ३ सय २८ मा चेकजाँच गर्दा किनबेच गर्न राखिएको बुद्धको मुर्ति बरामद भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ९ : १५ बजे

दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण