चोरीको मोटरसाइकलसहित कोहलपुरबाट तीन जना पक्राउ « Khabarhub

चोरीको मोटरसाइकलसहित कोहलपुरबाट तीन जना पक्राउ


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चोरीको मोटरसाइकलसहित प्रहरीले बाँकेको कोहलपुर नगरपालिकाबाट तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार चोरीको मोटरसाइकल र पाटपुर्जासहित पक्राउ पर्नेमा रुकुम पश्चिम चौरजहारी नगरपालिका–११ का १८ वर्षीय अनुप चन्द, २० वर्षीय सुन्दर मल्ल र १८ वर्षीय अम्मर बिक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीको टोलीले कोहलपुर नगरपालिका वडा नम्बर ११ बाट बिहीबार बिहान पौने तीन बजे पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनीहरूबाट एनएस मोटरसाइकलको निलो रंगको हेडलाइट एक थान, पल्सर मोटरसाइकलको निलो रंगको ट्याङ्की कभर एक थान, मोटरसाइकलको पाटपुर्जा खोल्न प्रयोग हुने स्क्रू ड्राइभर एक थान, रेञ्च एक थान, मोटरसाइकल स्टिकर सात थान, नाइट्राभ्याट चक्की १३ थान बरामद भएको छ ।

अहिले पक्राउ परेका उनिहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ९ : ४५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु