‘संविधानले राजनीतिक र संवैधानिक विवादको अन्त्य गरेको छ’ « Khabarhub

‘संविधानले राजनीतिक र संवैधानिक विवादको अन्त्य गरेको छ’


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले संविधानले राजनीतिक र संवैधानिक विवाद अन्त्य गरेको बताएका छन् । सातौँ संविधान दिवसका अवसरमा आइतबार काठमाडौमा आयोजित एक कार्यक्रममा उनले झण्डै साढे सात दशक लामो लोकतान्त्रिक सङ्घर्षपछि नेपाली नागरिकले हासिल गरेको यस उपलब्धिले नेपालको राजनीतिक र संवैधानिक विवाद अन्त्य गरेको बताए ।

डा महतले भने, “पहिलो पटक संविधानसभाद्वारा निर्मित नेपालको वर्तमान संविधान मुलुकमा जारी सशस्त्र द्वन्द्व र अन्य राजनीतिक मुद्दा व्यवस्थापनका लागि एक सम्झौताको दस्ताबेज हो, यो संविधान जारी भएसँगै राजनीतिक र संवैधानिक विवादहरुको अन्त्य भएको छ ।”

नागरिकले प्राप्त गरेका स्वतन्त्रताको उपयोग गर्दै संविधान कार्यान्वयनका माध्यमबाट पर्याप्त भौतिक पूर्वाधार निर्माण तथा आर्थिक तथा सामाजिक क्षेत्रको द्रुततर विकास गरी नेपाली नागरिकको जीवनस्तरमा सुधार ल्याउन आवश्यक भएको उनले बताए ।

संविधानसभाद्वारा संविधान निर्माणको विषय विसं २००७ सालको जनक्रान्तिका समयमै जननेता बीपी कोइरालाले उठान गरेको उल्लेख गर्दै सहमहामन्त्री डा महतले नेपाली कांग्रेस नेतृत्वमा नै संविधानसभाको निर्वाचन भइ संविधानसभाद्वारा निर्मित संविधान कांग्रेस नेतृत्वको सरकारले घोषणा गरेको स्मरण गरे ।

उनले संविधानलाई समयानुकूल बनाउँदै लैजान सकिने बताउँदै यस ऐतिहासिक दिवसमा संविधानका हरेक विषयमा सहमति कायम गर्न खट्ने नेतागण, संविधान निर्माणमा प्रत्यक्ष सहभागी संविधानसभा सदस्य र सबै नेपाली नागरिकको योगदानको सराहना पनि गरे ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  २ : २८ बजे

आजतकको दाबी : नेपालको बाढीमा १०५ भारतीय पर्यटक बेपत्ता, बिहारका ६ जिल्ला जोखिममा

नेपालमा बाढी- रसुवा जिल्लामा तिब्बततर्फबाट आउने भोटेकोशी नदीमा अचानक आएको

काठमाडौंमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ आयोजना हुने’

काठमाडौं– ‘लन्डन क्लाइमेट एक्सन विक’ जस्ता विश्वव्यापी पहलहरूबाट प्रेरित भई

काठमाडौं महानगरले भोटेकोशी बाढीको विपद् व्यवस्थापनमा काम गर्ने 

काठमाडौं– भोटेकोशी नदीमा आएको ठुलो आकस्मिक बाढीले रसुवाको टिमुरे तथा स्याफ्रुबेंसी

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छ : रास्वपा सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक विपद्को

मुस्ताङलाई भूराजनीतिक प्रतिस्पर्धाको अखडा बन्न नदिन राष्ट्रिय मुक्ति क्रान्तिको आग्रह

काठमाडौं– मुस्ताङलाई अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरूको सैन्यकरण र भूराजनीतिक प्रतिस्पर्धाको क्रीडास्थल