मेगा बैंककी डेपुटी सीईओ रविना देशराज श्रेष्ठलाई प्रबल जनसेवाश्री पदक | Khabarhub Khabarhub

मेगा बैंककी डेपुटी सीईओ रविना देशराज श्रेष्ठलाई प्रबल जनसेवाश्री पदक


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) रविना देशराज श्रेष्ठ संविधान दिवसका अवसरमा विभुषित  भएकी छिन् ।

नेपाल सकरार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई संविधान दिवस २०७८ को अवसरमा प्रबल जनसेवाश्री (चुतर्थ) घोषणा गरेकी हुन् ।

डेपुटी सीईओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छन् । यसअघि पनि उनले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसकेकी छिन् । करिब ३ दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजेनश र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन् ।

भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर शुरु गरेकी श्रेष्ठ त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरिसकेकी छिन् ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ३ : ५३ बजे

बालुवाटारको छलफलमा कांग्रेस सभापतिसहित नेताहरु पुगे 

काठमाडौं– कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,

बालुवाटारमा कांग्रेसले राखेका मागहरूमा बुँदागत छलफल जारी 

काठमाडौं– कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल

काठमाडौं– नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन तोकिएको

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौं– एपीएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२० को

गाजाको जबलियामा इजरायलको बमबारी

काठमाडौं– गाजामा चलिरहेको भीषण लडाईँका बीच इजरायली सेनाले पछिल्लो २४