विश्वप्रकाश शर्माको प्रस्ताव : सांसद चार र प्रधानमन्त्री दुई पटकभन्दा नबनौँ (अवधारणापत्रसहित) « Khabarhub

विश्वप्रकाश शर्माको प्रस्ताव : सांसद चार र प्रधानमन्त्री दुई पटकभन्दा नबनौँ (अवधारणापत्रसहित)


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अब राजनीतिमा परिवर्तन आवश्यक रहेको बताएका छन् । सात दशकसम्म राजनीतिक परिवर्तनका लागि दलहरूले संघर्ष गरेको भन्दै उनले अब राजनीतिमा परिवर्तन आवश्यक रहेको बताएका हुन् ।

राजनीतिमा परिवर्तनकै लागि कांग्रेसको आसन्न १४औँ महाधिवेशमा आफूले महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेको उनकाे भनाइ छ । ‘हिजो राजनीतिक दलको अगुवाइमा ठूला-ठूला राजनीतिक परिवर्तन भए । अब राजनीतिमा परिवर्त भयो भने मात्र देशमा समृद्धिको ढोका खुल्छ,’ उनले भने ।

गृहजिल्ला झापाको बिर्तामोडमा महामन्त्रीको अवधारणा प्रस्तुत गर्दै उनले राजनीतिप्रति सबैको आकर्षण बढाउने आफ्नो मुख्य एजेण्डा भएको दाबी गरे । ‘एउटा विद्यालय पढ्दै गरेको विद्यार्थी पछि के बन्छस् भन्दा डाक्टर, इञ्जिनीयर, पाइलट बन्छु भन्छ । तर, किन उसको सपनामा राजनीतिमा आएर देश बदल्छु भन्ने छैन,’ उनले भने, ‘यो गम्भीर प्रश्न हो । राजनीतिलाई सेवासँग जोडेर विद्यालय पढ्ने विद्यार्थीले राजनीति गर्छु भन्ने वातावरण बनाउन मेरो उम्मेदवारी हो ।’

वीपी जन्म जयन्तीको अवसरमा सुन्दरीजलबाट महामन्त्रीको उम्मेदवारी घोषणा गरेका शर्माले संविधान दिवसको दिन अवधारणा सार्वजनिक गर्दै संविधान विमतिबीचको सहमति भएको बताए । उनले संविधान बनाउनेले संविधानप्रति इमान राख्नुपर्ने बताए ।

उनले राजनीतिभित्र सहिष्णुता आवश्यक रहेको बताए । प्रवक्ता शर्माले प्रधानमन्त्री भइसकेका व्यक्तिले सस्तो लोकप्रियताका लागि सहिष्णुता बिर्सिएको दाबी गरे । उनले सहिष्णुता लोकतन्त्रको पहिलो सर्त भएको बताए । उनले अब एउटा व्यक्ति एक पटक मात्र राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक सांसद बन्ने नीति आवश्यक भएको बताए । ‘यस्तो हुँदा तपाईं ७० वर्ष पुग्नुभयो ‘बा’ विश्राम लिनुहोस् भन्न पर्दैन,’ उनले भने, ‘अब यस्तो नीति किन नबनाउने ?’

शर्माले २४ बुँदे अवधारणा पत्र सार्वजनिक गरेका छन् । गृहजिल्लाबाट उनले ‘हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ भन्ने अपिल गर्दै अवधारणापत्र सार्वजनिक गरेका हुन् ।

राष्ट्रपतिमा एक पटक र प्रधानमन्त्री दुई पटक भन्दा बढी हुन नपाइने व्यवस्था गर्न प्रस्ताव गरेका छन् । त्यसैगरी उनले सांसद चार पटक भन्दा बढी हुन नपाइने प्रस्ताव समेत गरेका छन् ।

अवधारणापत्रमा शर्माले पार्टीको १४औ महाधिवेशनमा राजनीतिक परिवर्तनको अनिवार्यतामा जोड दिएका छन् । चौधौं महाधिवेशनको क्रममा एकातर्फ विगतको आत्मसमीक्षा गर्नुपर्ने र अर्कातर्फ भविष्यको आत्मचिन्तन गर्नुपर्ने उल्लेख गरेका छन् ।

यस्तो छ अवधारणापत्र

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ४ : ०७ बजे

इन्डोनेसियासँग भिड्दै नेपाल, साम्बाको अनुपस्थितिमा अञ्जिलाको कप्तानी

काठमाडौं – साफ महिला च्याम्पियनसिपको तयारीमा रहेको नेपालले बुधबार इन्डोनेसियाविरुद्ध

एमालेको ११औँ महाधिवेशन उद्घाटन भक्तपुरको सल्लाघारीमा, बन्दसत्र राष्ट्रिय सभागृहमा

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा

निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग

जसपा नेपालले सङ्घर्षका कार्यक्रम सुरु गर्दै, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सङ्घर्षका कार्यक्रम सुरु

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्तिप्रति यो