बियर र चिया खाएकै भरमा ‘हनी ट्रयाप’मा पारेर ५० लाख असुल्न खोजेको अभियोगमा तीन महिला पक्राउ « Khabarhub

बियर र चिया खाएकै भरमा ‘हनी ट्रयाप’मा पारेर ५० लाख असुल्न खोजेको अभियोगमा तीन महिला पक्राउ


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘हनी ट्रयाप’मा पारेर लाखौँ रुपैयाँ असुल्न खोजेको अभियोगमा तीन जना महिलालाई दाङबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङ घोराही उप-महानगरपालिका वडा नं.१५ बस्ने वर्ष ३२ की सीतादेवी थापा, सोही ठाउँकी ३५ वर्षीया खुमा वली र घोराही उप-महानगरपालिका वडा नं.-५ की ३२ वर्षीया सुस्मा परियार रहेका छन् ।

बियर र चिया खाएकै भरमा ५० लाखबाट बार्गेनिङ शुरु गरेर १८ लाखमा कुरा टुङ्ग्याएको पीडिते जाहेरी दिएपछि दाङ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पीडितबाट लिएको एक लाख रुपैयाँ उनीहरुले व्याजमा लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले पीडकको साथबाट चेक र तमसुक समेत बरामद गरेको जनाएको छ ।

घटनाको विवरण 

गत असार ६ गते दाङ घोराही उप-महानगरपालिका वडा नं.१५ बस्ने सीतादेवी थापा र सोही स्थानकी खुमा वलीले परिवर्तित नामथर भद्र बहादुर जैसीलाई फोन गरी मेरो घरायसी विषयको मुद्धा छ तपाई कानूनको बारेमा जानेको मान्छे मिलाइदिनुपर्‍यो भनी कोहिनुर रेष्टुरेन्टमा बोलाई सोही होटलको क्याबिन कोठामा बसीसेर बियर मासु खाएका थिए ।

जाहेरीवाला रात परेपछि घर जान खोज्दा निज प्रतिवादी मध्येकी सीतादेवी थापा सोही होटलको खाटमा पल्टिएको जाहेरीमा उल्लेख छ ।

जाहेरवालाले होटेलमा खाएको चिया र बियरको पैसा तिरिसक्दा पनि उनी होटेलबाट ननिस्किएपछि पुनः जाहेरीवाला सोही कोठामा जाँदा सीतादेवीले तथानाम गाली-गलौज गरी तैले मेरो ईज्जतमा हात हाल्ने, तलाई अब म छोड्दैन, जबरजस्ती करणीमा मुद्दा हाल्छु भनेर फसाउन खोजेको जाहेरी जनाइएको छ ।

बादविवादपछि उनीहरु घर गए पनि भोलिपल्ट प्रतिवादी मध्येकी खुमा वलीले निवेदकलाई फोन गरी सीतादेवी थापासँगको केश मिलाउनुपर्यो उनका ठूला वडा मान्छे छन्, मुद्दा दर्ता गर्ने कुरो गर्दैछन् भनेर धम्क्याएको खुलेको छ ।

निवेदकले यस्ता कुराले गर्दा आफ्नो मान प्रतिष्ठामा आच आउँछ भनी निजहरुले बोलाएको सागर एण्ड सुनिल रेष्टुरेन्ट तथा लज होटलमा गई सीतादेवी थापा, खुमा वली र उनीहरुको साथमा रहेकी सुष्मा परियारसँग भेट भएको र पैसाको बार्गेनिङ भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले पीडितलाई बारम्बार धाक धम्की दिइँ शुरुमा ५० लाख रुपैयाँ माग गरेको देखिन्छ । निवेदकले त्यती रकम छैन भनेपछि उनीसँग भएको नगद रु.१ लाख तत्काल लिई बाँकी रहेको १७ लाखको सिभिल बैँकको चेक लिएको जाहेरीमा उल्लेख छ ।

उक्त जाहेरीपछि प्रहरीले तीनै जना महिलाई पक्राउ गरी सार्वजनकि गरेको हो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका तीनै जनामध्ये सीतादेवी थापा बस्दै आएको कोठामा खानतलासी गर्दा १७ लाखको सिभिल बैंकको चेक बरामद गरेको जनाएको छ ।

पीडितसँग लिएको नगद रु १ लाख सीतादेवीले ब्याजमा लगाई सकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ५ : २७ बजे

इबोला प्रकोपले बढायो विश्व चिन्ता, दुई महिनामै एक हजारभन्दा बढी मानिसको गयो ज्यान

अबुजा– कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४

यी हुन् गत वर्षमा सबैभन्दा धेरै आयात र निर्यात हुने वस्तु

काठमाडौं– गत आर्थिक वर्ष ०८२/८३ मा नेपालको वैदेशिक व्यापारमा अघिल्लो

राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउनुपर्छ : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध

कञ्चनपुरमा लागूऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर– समाजमा बढ्दो लागूऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले