ओमानविरुद्ध नेपालको शानदार बलिङ, २१ ओभरमा ७ विकेट पतन « Khabarhub

ओमानविरुद्ध नेपालको शानदार बलिङ, २१ ओभरमा ७ विकेट पतन


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले ओमानविरुद्धको दोस्रो खेलमा टस जितेर बलिङ गरिरहेको छ ।

टस जितेर बलिङ गरेको नेपाललै शानदार शुरुवाती गरेको छ । २१ ओभरको खेल सकिँदा नेपालले ७ विकेट लिन सफल भएको छ । ओमानले २१ ओभरको खेल सकिँदा जम्मा ६४ रन जोडेको छ ।

नेपालका करण केसी र सन्दीप लामिछानेको कसिलो बलिङका कारण अहिलेसम्म ओमानका खेलाडीहरु हावी हुन पाएका छैनन् । ४३ रन बनाउँदा ओमानले ६ विकेट गुमाएको हो । ।

पहिला ब्याटिङ गरेको ओमानले टिमको स्कोर १८ रन हुँदा जतिन्दर सिंहको पहिलो विकेट गुमाएको थियो । नेपाली खेलाडीमाथि शुरुदेखि नै हावी हुन खोजेको ओमानविरुद्ध करण केसीले विकेट लिएका हुन् । करणले जतिन्दरलाई १३ रन बनाएका बेला आशिफ शेखको हातबाट क्याच आउट गराउँदै पमेलियन पठाएका थिए ।

नेपाली टिममा ओमानविरुद्ध दुई खेलाडी परिवर्तन गरिएको छ । अमेरिकाविरुद्ध डेब्यु गरेका गुल्शन झा र अर्का खेलाडी कुशल मल्ललाई बाहिर राखिएको छ । उनीहरूको स्थानमा शरद भेषवाकर र आरिफ शेखले स्थान बनाएका छन् ।

नेपालले अमेरिकालाई पहिलो खेलमा पराजित गरेको थियो भने ओमानसँग दोस्रो खेलमा पाँच विकेटले पराजित भएको थियो ।पछिल्लो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।

नेपाली टोली

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, शरद भेषवाकर, सुशान भारी र आरिफ शेख ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ५ : ५३ बजे

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र