सोमबारको प्रतिनिधिसभा बैठकमा छ वटा कार्यसूची पेस हुने « Khabarhub

सोमबारको प्रतिनिधिसभा बैठकमा छ वटा कार्यसूची पेस हुने


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सोमबार बस्ने प्रतिनिधिसभाको कार्यसूची सार्वजनिक गरिएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमले सोमबार बस्ने प्रतिनिधिसभाको बैठकका छ वटा कार्यसूची रहेको जानकारी दिएका छन् ।

उनका अनुसार बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ । अर्थमन्त्री जनार्दन शर्माले व्यवस्थापन कार्यमार्फत चारवटा विधेयक प्रस्तुत गर्नेछन् । मन्त्री शर्माले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक विचार गरियोस् भन्नका लागि प्रस्ताव र आर्थिक विधेयकमाथि दफावार छलफलका लागि दिन तोक्नका लागि प्रस्ताव पेस गर्नेछन् ।

बिहान ११ बजेदेखि सुरु हुने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक, २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालयका विभिन्न शीर्षकहरूमा सांसद प्रेम सुवालबाट प्रस्तुत खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

यस्तै, सांसद प्रेम सुवालले विनियोजन विधेयकअन्तर्गतका विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालय शीर्षकका खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीका प्रस्तावहरू पनि प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

बैठकमा विनियोजन विधेयक, २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालयका विभिन्न शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जबाफ दिने कार्यतालिका रहेको संसद् सचिवालयका महासचिव डा. गौतमले बताए ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ८ : ३१ बजे

घान्द्रुकलाई एक फन्को मार्दा

गण्डकी- गुजुमुज्ज गाउँ । आँखैअघि हिमालचुली । बिहानीको झुल्के घामसँगै

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा)- वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद गतिविधि

सडकमा लापरबाहीपूर्वक सवारी साधन चलाउनु हुन्छ ? निलम्बनमा पर्ला लाइसेन्स

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पटक–पटक लापरबाहीपूर्ण सवारी साधन

प्रभावकारी बन्दै आवास बीमा कार्यक्रम

जानकी (बाँके)- गत वर्षको भदौमा परेको अविरल वर्षाले नेपालगञ्ज उपमहानगरपालिका–७

रौतहटमा लागूऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सुरु

चन्द्रपुर (रौतहट)- रौतहटमा प्रहरीले ‘लागूऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं