नेपाल भ्रमण गरेका अमेरिकी पूर्व विदेशमन्त्री पावेलको निधन « Khabarhub

नेपाल भ्रमण गरेका अमेरिकी पूर्व विदेशमन्त्री पावेलको निधन


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क-अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन भएको छ ।

कोभिड संक्रमणका कारण पूर्व विदेशमन्त्री पावेलको ८४ बर्षको उमेरमा सोमबार निधन भएको हो । उनले पूर्ण खोप लगाएका थिए । पावेल सन् २००१ मा पूर्व राष्ट्रपति जर्ज डब्लु बुशको शासन कालमा उनी विदेशमन्त्री नियुक्त भएका थिए ।

पदमा रहेकै बेला नेपालको भ्रमण गर्ने पावेल एक मात्र अमेरिकी विदेशमन्त्री हुन् । उनले सन् २००२ को १८ १८ जनवरीमा नेपाल भ्रमण गरेका थिए । उनले तत्कालीन राजा ज्ञानेन्द्र, प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्चपदस्थ अधिकारीलाई भेटेका थिए ।

इराक युद्धमा समर्थन जुटाउने क्रममा उनी विवादमा तानिएका थिए । रिपब्लिकन दलमा आबद्ध हुनुअगाडि पावेल पूर्व उच्च सैनिक अधिकारी पनि थिए। पावेल अफ्रिकी मूलको अमेरिकी समुदायबाट विदेशमन्त्री बन्ने पहिलो व्यक्ति हुन् ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १० : ११ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर