आर्यनलाई छुटाउन शाहरुखले बनाए स्पेसल लिगल टिम | Khabarhub Khabarhub

आर्यनलाई छुटाउन शाहरुखले बनाए स्पेसल लिगल टिम


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– हाई प्रोफाइल क्रुज ड्रग्स पार्टी मामलामा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई हालसम्म जमानत मिलेको छैन । यद्यपि शाहरुख र उनकी पत्नी गौरी आर्यनलाई जेलबाट रिहा गर्नका लागि कुनै कसर बाँकी राखेका छैनन् ।

आर्यन मामलाका कारण शाहरुखको फ्यानको आकर्षण बनिरहेको उनको घर मन्नत वरपर सन्नाटा छाएको छ । किनकी यो घटनाका कारण शाहरुखका फ्यान पनि दुःखी छन् ।

गत अक्टोबर १४ मा सेशन्स कोर्टमा आर्यनको जमानत निवेदनमा सुनुवाई भएको थियो । जसमा कोर्टले एनसीबी र आर्यनको वकीलको बयान सुनेपछि फैसला सुरक्षित राख्दै अक्टोबर २० लाई अर्थात बुधबारलाई अन्तिम निर्णय सुनाउने उल्लेख गरेको छ ।

शाहरुख छोराको मामलामा कुनै कुराको कमी हुन नदिने मनस्थितिमा पुगेका छन् । त्यसकारण उनी आफ्नो पहलमा स्पेशल लिगल टिम बनाएर आर्यनलाई छुटाउन पूर्ण रुपमा तयारी अवस्थामा छन् । शाहरुख बुधबारको सुनुवाईको प्रतिक्षामा छन् । शाहरुखले आफ्नो विशेष लिगल टिममा दिग्गज कानून व्यवसायीहरुलाई समेटेका छन् ।

शाहरुखका एक नजिकका साथीका अनुसार यो टिमले आर्यनलाई जमानतबाट छुटाउने प्रयास गर्नेमात्र होइन, अन्य केही काम गर्ने पनि योजना बनाएको छ ।

‘वास्तवमा भन्ने हो भने शाहरुखले कहिल्यै पनि आफूलाई यति विवस र हारेको महशुस गरेका थिएनन् । शाहरुख र गौरीको लागि अहिलेको अवस्था निकै चुनौती र अन्यौलपूर्ण छ । एकदिन आर्यन उनीहरुको साथमा थिए । फेरि अचानक एकदिन एनसीबीको नियम तोडेको आरोपमा जेलमा छन् । यो कुराले उनीहरुलाई दुःखी बनाएको छ’,ती साथीले भनेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ११ : ३१ बजे

इजरायलले इरानमाथि आक्रमण गरेसँगै ‘शान्ति स्थापक’ बन्ने ट्रम्पको वाचामा ठूलो धक्का

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा राष्ट्रपतिमा

माओवादीका हितराजको माग- भिसा प्रकरणमा समिति बनाउनुपर्छ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणको अध्ययनका

माओवादीले संसद्‍मा भन्यो- सरकारले भ्रष्टाचारको छानबिन गर्ने विश्वसमा संसद् खोलेका छौँ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा सेटिङसहितका भ्रष्टाचार

पुनः स्थापना केन्द्रमा सर्वसाधारणका लागि पहुँचयोग्य बनाउन प्रयास भइरहेको छ : मन्त्री पौडेल

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशका सबै क्षेत्रमा रहेका

‘ग्रेटर मुन्दुम’ पदमार्ग निर्माणले गति लिँदै

भोजपुर– ‘ग्रेटर मुन्दुम पदमार्ग’ निर्माणले तीव्रता पाएको छ । जिल्लाका