आर्यनलाई छुटाउन शाहरुखले बनाए स्पेसल लिगल टिम « Khabarhub

आर्यनलाई छुटाउन शाहरुखले बनाए स्पेसल लिगल टिम


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– हाई प्रोफाइल क्रुज ड्रग्स पार्टी मामलामा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई हालसम्म जमानत मिलेको छैन । यद्यपि शाहरुख र उनकी पत्नी गौरी आर्यनलाई जेलबाट रिहा गर्नका लागि कुनै कसर बाँकी राखेका छैनन् ।

आर्यन मामलाका कारण शाहरुखको फ्यानको आकर्षण बनिरहेको उनको घर मन्नत वरपर सन्नाटा छाएको छ । किनकी यो घटनाका कारण शाहरुखका फ्यान पनि दुःखी छन् ।

गत अक्टोबर १४ मा सेशन्स कोर्टमा आर्यनको जमानत निवेदनमा सुनुवाई भएको थियो । जसमा कोर्टले एनसीबी र आर्यनको वकीलको बयान सुनेपछि फैसला सुरक्षित राख्दै अक्टोबर २० लाई अर्थात बुधबारलाई अन्तिम निर्णय सुनाउने उल्लेख गरेको छ ।

शाहरुख छोराको मामलामा कुनै कुराको कमी हुन नदिने मनस्थितिमा पुगेका छन् । त्यसकारण उनी आफ्नो पहलमा स्पेशल लिगल टिम बनाएर आर्यनलाई छुटाउन पूर्ण रुपमा तयारी अवस्थामा छन् । शाहरुख बुधबारको सुनुवाईको प्रतिक्षामा छन् । शाहरुखले आफ्नो विशेष लिगल टिममा दिग्गज कानून व्यवसायीहरुलाई समेटेका छन् ।

शाहरुखका एक नजिकका साथीका अनुसार यो टिमले आर्यनलाई जमानतबाट छुटाउने प्रयास गर्नेमात्र होइन, अन्य केही काम गर्ने पनि योजना बनाएको छ ।

‘वास्तवमा भन्ने हो भने शाहरुखले कहिल्यै पनि आफूलाई यति विवस र हारेको महशुस गरेका थिएनन् । शाहरुख र गौरीको लागि अहिलेको अवस्था निकै चुनौती र अन्यौलपूर्ण छ । एकदिन आर्यन उनीहरुको साथमा थिए । फेरि अचानक एकदिन एनसीबीको नियम तोडेको आरोपमा जेलमा छन् । यो कुराले उनीहरुलाई दुःखी बनाएको छ’,ती साथीले भनेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ११ : ३१ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने