हिन्दू समूदायको सुरक्षा माग गर्दै बंगलादेशका प्रधानमन्त्रीलाई ज्ञापनपत्र « Khabarhub

हिन्दू समूदायको सुरक्षा माग गर्दै बंगलादेशका प्रधानमन्त्रीलाई ज्ञापनपत्र


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय एकता अभियानले बंगलादेशमा मन्दिर तथा हिन्दू आराध्य देवी देवताको प्रतिमा तोडफोड भएको घटनाको निन्दा गरेको छ ।

अभियानले बंगलादेशको घटनामा दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग पनि गरेको छ।

नेपालस्थित बंगलादेश राजदूतावासमार्फत प्रधानमन्त्री शेख हसिनालाई ज्ञापनपत्र बुझाउँदै अभियानले बंगलादेशका हिन्दू समुदायको सुरक्षाको माग गरेको हो ।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादव नेतृत्वको टोलीले नेपालका लागि बंगलादेशी राजदूत सालाऊदीन रमन चौधरीमार्फत प्रधानमन्त्री हसिनालाई ज्ञापनपत्र पठाएको हो ।

‘बंगलादेशमा भएको घटनाले नेपालको सम्पूर्ण हिन्दू समुदायलाई चोट पुर्‍याएको छ । बंगलादेशमा हिन्दू जनसंख्या र पूजास्थलमा संगठित भीडको हमलाको खबरबाट हामीलाई गहिरो आघात पुगेको छ । बंगलादेशमा हिंसा फैलिएपछि बुधबारदेखि कम्तिमा ६ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको पुष्टि भएको छ, १७ हिन्दू मन्दिरमा हमला भएको छ र त्यहाँका मूर्तिहरु तोडफोड भएको छ, ज्ञापनपत्रमा भनिएको छ ।

अभियानले जारी हिंसा रोक्ने अभियान चलाउन पनि बंगलादेश सरकारसँग माग गरेको छ ।

अभियानले बुझाएको ज्ञापनपत्र

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १ : ५७ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि

आशिकाको माग- दसैँमा पशुमाथि हुने क्रूरता रोकौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् आशिका तामाङले दसैँमा पशुमाथि

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ