आशिकाको माग- दसैँमा पशुमाथि हुने क्रूरता रोकौँ « Khabarhub

आशिकाको माग- दसैँमा पशुमाथि हुने क्रूरता रोकौँ


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् आशिका तामाङले दसैँमा पशुमाथि हुने क्रूरता रोक्न सरकारसँग माग गरेकी छन् ।

शुक्रबार संसदमा बोल्दै दसैँ आउन अब करिब १० दिन मात्रै बाँकी रहेको उल्लेख गर्दै उनले मानिसका लागि दसैँ उत्सव भए पनि निर्दोष पशुका लागि भने ‘दशा’ बन्ने गरेको बताएकी छन् ।

उनले दसैँका नाममा खसी, बोका तथा राँगालगायत पशुलाई सार्वजनिक रूपमा क्रूरतापूर्वक हत्या गरी बलि दिने प्रचलनप्रति आपत्ति जनाएकी छन् । ‘माता दुर्गाको भन्दा बढी ध्यान खसी, बोका र राँगा कसरी ढाल्ने भन्नेमा छ,’ उनले भनेकी छन् ।

विदेशमा पशुमाथि हुने क्रूरताका आधारमा कानुनी कारबाही हुने व्यवस्था रहेको आफूले देखेको उल्लेख गर्दै तामाङले नेपालमा पशु कल्याणसम्बन्धी कानुनी व्यवस्था कमजोर रहेको बताएकी छन्।

उनले पशु सेवाका नाममा बनेका नीतिले पशुबाट लाभ लिने तर उनीहरूको वास्तविक संरक्षण र कल्याणमा ध्यान नदिने गरेको आरोप लगाउँदै त्यस्तो नीति कहिले परिवर्तन वा खारेज हुने भन्ने प्रश्नसमेत गरेकी छन्।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  १ : ०१ बजे

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म