आशिकाको माग- दसैँमा पशुमाथि हुने क्रूरता रोकौँ « Khabarhub

आशिकाको माग- दसैँमा पशुमाथि हुने क्रूरता रोकौँ


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् आशिका तामाङले दसैँमा पशुमाथि हुने क्रूरता रोक्न सरकारसँग माग गरेकी छन् ।

शुक्रबार संसदमा बोल्दै दसैँ आउन अब करिब १० दिन मात्रै बाँकी रहेको उल्लेख गर्दै उनले मानिसका लागि दसैँ उत्सव भए पनि निर्दोष पशुका लागि भने ‘दशा’ बन्ने गरेको बताएकी छन् ।

उनले दसैँका नाममा खसी, बोका तथा राँगालगायत पशुलाई सार्वजनिक रूपमा क्रूरतापूर्वक हत्या गरी बलि दिने प्रचलनप्रति आपत्ति जनाएकी छन् । ‘माता दुर्गाको भन्दा बढी ध्यान खसी, बोका र राँगा कसरी ढाल्ने भन्नेमा छ,’ उनले भनेकी छन् ।

विदेशमा पशुमाथि हुने क्रूरताका आधारमा कानुनी कारबाही हुने व्यवस्था रहेको आफूले देखेको उल्लेख गर्दै तामाङले नेपालमा पशु कल्याणसम्बन्धी कानुनी व्यवस्था कमजोर रहेको बताएकी छन्।

उनले पशु सेवाका नाममा बनेका नीतिले पशुबाट लाभ लिने तर उनीहरूको वास्तविक संरक्षण र कल्याणमा ध्यान नदिने गरेको आरोप लगाउँदै त्यस्तो नीति कहिले परिवर्तन वा खारेज हुने भन्ने प्रश्नसमेत गरेकी छन्।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  १ : ०१ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको