बैतडीको ढुंगाडका ६० व्यक्ति टापुमा फसे, दुई सय बिगाह जमीन डुबानमा « Khabarhub

बैतडीको ढुंगाडका ६० व्यक्ति टापुमा फसे, दुई सय बिगाह जमीन डुबानमा


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको सिगास गाउँपालिका–५ मा सेती नदी गाउँमै पसेको छ ।

नदी गाउँमा पसेपछि एक सयभन्दा बढी घरहरू डुबानको उच्च जोखिममा पर्नुको साथै ढुंगाडका ६० व्यक्ति टापुमा फसेका छन् । बाढीले स्थानीय उद्धव महराको दुई तले घर पनि बगाएको सिगास–५ का वडाअध्यक्ष रामबहादुर धामीले बताए ।

सिगास–५ मै एक सय ५० बिगाहा भन्दा बढी खेत नदीको डुबानमा परेको छ । पाक्नै लागेको धान, कोदो तथा बदाम खेती बगरमा परिणत भएको छ। साथै, सिगास–६ को लेकममा बाढीले ५० बिगाहाभन्दा बढी जमीन डुबान भएको छ ।

वडाअध्यक्ष धामीका अनुसार प्रदेश सरकारसँग उद्धरको लागि आग्रह गरिएको छ । बाढीले डोटी र बैतडी जोड्ने पुल समेत भत्काएको छ । सिगासमा बाढीले मच्चाएको बितण्डाबारे सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएपछि उद्धारका लागि हेलिकोप्टर सिगास आउन लागेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  २ : २७ बजे

सर्लाही-२ मा रास्वपाका महतो विजयी

बरहथवा– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ बाट राष्ट्रिय

पर्सा-३ मा रास्वपाका चौरसियाको फराकिलो अग्रता

वीरगञ्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा क्षेत्र नम्बर ३ मा राष्ट्रिय

सुनसरी–१ मा ४ हजार मतले अघि बढे माटोका हर्कराज साम्पाङ

सुनसरी– सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टी

जुम्लामा जितेर ज्ञानेन्द्रले जोगाए राप्रपाको संसदीय अस्तित्व, लज्जास्पद हारसँगै रास्वपाकी विनिताको जमानत जफत

जुम्ला- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत एकमात्रै क्षेत्र रहेको जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी

पाल्पा–१ मा कांग्रेस-एमालेबीच कडा टक्कर, रास्वपा तेस्रो स्थानमा

पाल्पा– पाल्पा–१ मा जारी मतगणनामा नेपाली कांग्रेसले ३१ वर्षपछि प्रतिस्पर्धात्मक