बैतडीको ढुंगाडका ६० व्यक्ति टापुमा फसे, दुई सय बिगाह जमीन डुबानमा « Khabarhub

बैतडीको ढुंगाडका ६० व्यक्ति टापुमा फसे, दुई सय बिगाह जमीन डुबानमा


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको सिगास गाउँपालिका–५ मा सेती नदी गाउँमै पसेको छ ।

नदी गाउँमा पसेपछि एक सयभन्दा बढी घरहरू डुबानको उच्च जोखिममा पर्नुको साथै ढुंगाडका ६० व्यक्ति टापुमा फसेका छन् । बाढीले स्थानीय उद्धव महराको दुई तले घर पनि बगाएको सिगास–५ का वडाअध्यक्ष रामबहादुर धामीले बताए ।

सिगास–५ मै एक सय ५० बिगाहा भन्दा बढी खेत नदीको डुबानमा परेको छ । पाक्नै लागेको धान, कोदो तथा बदाम खेती बगरमा परिणत भएको छ। साथै, सिगास–६ को लेकममा बाढीले ५० बिगाहाभन्दा बढी जमीन डुबान भएको छ ।

वडाअध्यक्ष धामीका अनुसार प्रदेश सरकारसँग उद्धरको लागि आग्रह गरिएको छ । बाढीले डोटी र बैतडी जोड्ने पुल समेत भत्काएको छ । सिगासमा बाढीले मच्चाएको बितण्डाबारे सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएपछि उद्धारका लागि हेलिकोप्टर सिगास आउन लागेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  २ : २७ बजे

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत