सुदूरपश्चिममा वर्षाको बितण्डा, चार जनाको मृत्यु | Khabarhub Khabarhub

सुदूरपश्चिममा वर्षाको बितण्डा, चार जनाको मृत्यु


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– तीन दिनदेखिको अविरल वर्षाले सुदूरपशिचममा बितण्डा मच्चाएको छ । महाकाली नदीमा पानीको बहाव उच्च बनेको छ भने नदीमा आएको बाढीका कारण सयौं घर जोखिममा परेका छन् ।

महाकाली नदीमा अहिले पानीको बहाव पाँच लाख ३१ हजार क्यु सेक रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिद्धराज न्यौपानेले बताए । यसैगरी, कञ्चनपुरका अन्य स–साना नदी तथा खोलामा पनि पानीको बहाव बढेको र धेरै स्थानमा बस्ती नै जोखिममा परेका उनले बताए ।

कर्णाली नदीमा आएको बाढीले रानी जमरा–कुलरिया सिंचाई आयोजना अन्तर्गतको ड्याम भत्किँदा कैलालीको टिकापुर नगरपालिका र जानकी गाउँपालिका जोखिममा परेका छन् । अहिलेसम्म कर्णाली नदीको बाढीबाट ७० भन्दा बढी घरपरिवार विस्थापित भइसकेका छन् । कैलालीको खुटिया नदी, मोहना नदी लगायत स–साना नदी तथा खोलामा पानीको बहाव उच्च बनेको छ ।

बझाङस्थित सेती नदीले पनि बितण्डा मच्चाएको छ । स्थानीयका अनुसार सेती नदी र स्थानीय बाहुली खोलामा पानीको बहाव अत्याधिक बढ्दा सदरमुकाम चैनपुर जोखिममा परेको छ । सदरमुकाममा निर्माणाधीन बसपार्क समेत बगाएको छ। सुदूरपशिचममा बाढी र पहिरोमा परी अहिलेसम्म चार जनाको मृत्यु भसकेको पुष्टि भएको छ ।

कैलालीको खुटिएकाले बगाउँदा गोदावरी–८ का ३० बवर्षीय गणेश आउजी, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडामा पहिरो जाँदा स्थानीय ३० बर्षियय बिष्णु अवस्थी र उनकी ६ बर्षीया छोरीको मृत्यु भएको छ । डोटीको सायल गाउँपालिका–६ स्थित वीरबहादुर कुञ्जेडाको घरमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ ।

बझाङको थलारा गाउँपालिका–४ मा पहिरो जाँदा २३ जना बेपत्ता भएको सूचना छ । बाढी तथा पहिरोमा परी दर्जनभन्दा बढी पशुचौपाया मरेका छन् भने सयौं परिवार विस्थापित भएका छन् ।

सुदूरपशिचम प्रदेश सरकारकी प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री पूर्ण जोशीले प्रभावित सबै क्षेत्रमा राहत तथा उद्धारका लागि सरकार लागि परेको बताइन् । प्राकृतिक प्रकोपपछि प्रदेश सरकारको आकस्मिक मन्त्रीपरिषद् बैठक बोलाइएको उनले बताइन् ।

यसैगरी विभिन्न स्थानमा फसेका नागरिकको उद्धारका लागि दुई वटा हेलिकोप्टर पठाएको मन्त्री जोशीले बताइन् । बैतडीको ढुंगाडमा फसेका ६० जनाको उद्धारका लागि ठूलो हेलिकोप्टर त्यसतर्फ पठाएको उनको भनाइ छ ।

यसैगरी कञ्चनपुरको ब्रह्मदेउस्थित महाकाली टापुमा फसेका पाँच जना तथा कैलालीको मोहन्याल गाउँपालिकास्थित ठूलीगाढको दोभानमा फसेका दुई जनाको उद्धारका लागि पनि हेलिकोप्टर तयारी अवस्थामा रहेको मन्त्री जोशीले बताइन । मौसम अनुकुल हुनासाथै उद्धार हुने उनले बताइन् ।

बझाङमा ठूलो मानवीय क्षति भएको भन्ने खबर आए पनि सञ्चारबिच्छेद हुँदा एकिन विवरण प्राप्त हुन नसकेको मन्त्री जोशी बताइन् । न्यूज कारखाना

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ६ : ०० बजे

गंगा दाहालले प्रचण्डको सचिवालयबाट दिइन् राजीनामा

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी

जेलेन्स्कीलाई ट्रम्पको चेतावनी : पुटिनका सर्त स्वीकार नगरे रूसले युक्रेन ध्वस्त बनाउँछ

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई रूसका

तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने

काठमाडौं– तिहार पर्वको बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म

घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने चलन

म्याग्दी– घुम्ती गोठमा पशुपालन गर्ने म्याग्दीका किसानहरूले सुरक्षा र सहयोगका

तिहारमा पटाका पड्काउनेलाई कारवाही हुने

काठमाडौं– तिहारमा पटाका पड्काउनेलाई प्रहरीले कारवाही गर्ने बताएको छ ।