बाढीमा फसेका छ परिवारलाई सुरक्षित स्थानमा सारियो, धरान र विराटनगर जाने सडक बन्द « Khabarhub

बाढीमा फसेका छ परिवारलाई सुरक्षित स्थानमा सारियो, धरान र विराटनगर जाने सडक बन्द


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको तरहरास्थित पानीपियामा बाढीमा फसेका छ घर परिवारलाई सुरक्षाकर्मीले उद्धार गरेको छ ।

नेपाल प्रहरी र नेपाली सेनाले ती घर परिवारका १५ जनालाई उद्धार गरेको हो । उनीहरूलाई घण्टौँ लगाएर उद्धार गरिएको इलाका प्रहरी कार्यालय तरहराका प्रहरी नायव निरीक्षक मनोज अधिकारीले जानकारी दिए ।

यस्तै, निरन्तरको वर्षाले सुनसरीको इटहरी उपमहानगरका अधिकांश क्षेत्र डुबानमा परेका छन् । इटहरीका बुढी खोला, टेङ्ग्रा खोला र खेती खोला मानव बस्तीमा पसेसँगै डुबान बनेको हो । इटहरी चोक, तरहरा, बरगाछीलगायतका स्थानमा डुबान भएको छ ।

डुबानका कारण कतिपय बस्तीमा मानिसहरू फसेका छन् । उनीहरूको उद्धार गर्ने काम भइरहेको छ । वर्षाकै कारण इटहरीदेखि धरान जाने मुख्य सडक खण्डसमेत अवरुद्ध भएको छ । त्यस्तै, इटहरीदेखि विराटनगर जोड्ने सडकमा समेत आवतजावत बन्द भएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ७ : ३० बजे

गोरखा-१ मा सुधन गुरुङको अग्रता : कांग्रेस ३२० मतले पछाडि

काठमाडौँ – गोरखा–१ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच

सिंहदरबास्थित निर्माणाधीन संसद भवन (तस्बिरहरू)

कठमाडौँ– प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भइसकेको छ । निर्वाचन सम्पन्न

सुनसरी-१ मा हर्कराज राईको जित निश्चित : १४ हजार मतले अगाडि

काठमाडौँ – सुनसरी १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज

ओखलढुंगामा रास्वपा उम्मेदवार ५ मत अन्तरले विजयी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओखलढुंगाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

स्याङजा-२ मा रास्वपाका डुम्रे विजयी

स्याङ्जा – प्रतिनिधि सभा निर्वाचन स्याङ्जा क्षेत्र नस्बर २ मा