बझाङमा भीषण पहिरो, ७ घर पुरिए २३ जना बेपत्ता « Khabarhub

बझाङमा भीषण पहिरो, ७ घर पुरिए २३ जना बेपत्ता


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको बझाङमा मंगलबार भीषण पहिरो गएको छ । थलरा गाउँपालिकाको वडा नम्बर ४ बिप्ला गाउँमा पहिरो गएको जिल्ला प्रशासन कार्यालय बझाङका सहायक प्रमुख जिल्ला अधिकारी राजाराम गौतमले जानकारी दिए ।

उनले खबरहबसँग फोनमा भने, ‘म जिल्ला बाहिर छु । केही समय अगाडि जिल्लाको डीएसपीसँग कुरा भएको थियो । उहाँले पहिरो गएको र २३ जना हराइरहेको प्रारम्भिक जानकारी दिनु भएको छ ।’

उद्धार टोली पहिरो स्थलमा पुगेको गौतमले बताए । तर, मौसम प्रतिकुल भएकाले उद्धारमा समस्या आएको छ । उनका अनुसार वर्षाले गरेको क्षतिका कारण बझाङ सडक सम्पर्क र सञ्चार सम्पर्कबाट छुट्टिएको छ ।

उनका अनुसार बिप्ला गाउँका अन्य ३०० जनालाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले गरेको क्षतिको विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ८ : ४० बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा