सिटिजन बैंक लुटपाट आरोपित अन्य लुटपाटमा पनि संलग्न रहेको प्रहरीको दाबी « Khabarhub

सिटिजन बैंक लुटपाट आरोपित अन्य लुटपाटमा पनि संलग्न रहेको प्रहरीको दाबी


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले मोरङस्थित सिटिजन बैंकको शाखामा लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरु मोरङमा भएका अन्य लुटपाटका घटनामासमेत संलग्न रहेको दाबी गरेको छ । प्रहरीले बैंक लुटपाटमा संलग्न थप एकजनालाई पक्राउ गरेपछि सो गिरोहबारे खुलासा भएको हो ।

बिराटनगर महानगरपालिका ७ स्थित सेन्ट्रल मल अगाडि रहेको कोटेक्स ट्रेडिङ सप्लायर्सका संचालकलाई लुटपाट गरेको घटनामासमेत यही गिरोहका सदस्यहरुको संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोरङ प्रहरीले घटनामा श्याम मुखिया र भारतीय नागरिकहरु सुनिल यादव, बिजय सहनी र रोशन यादवको संलग्नता रहेको जनाएको छ । धनपालथान गाउँपालिका ४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट गत असोज २५ गते नगद लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा भारत फारवेसगञ्ज १० बस्ने २० वर्षीय रोशन यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको जनाएको छ । साथै सोही घटनामा संलग्न अन्य ३ जनालाई सोही दिन साँझ प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १० : २७ बजे

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेसवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी

पशु चौपायमा कृत्रिम गर्भाधान 

चितवन– जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान गराइएको छ

कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी

चितवन– कालिका नगरपालिकाले भूमि व्यवस्थापन सेवा सुरुआत गरेको छ ।