बैंकहरुले ब्याजदर बढाएपछि राष्ट्र बैंकको हस्तक्षेप, ब्याजदर घटाउने नीति « Khabarhub

बैंकहरुले ब्याजदर बढाएपछि राष्ट्र बैंकको हस्तक्षेप, ब्याजदर घटाउने नीति


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैंकहरुमा ब्याजदर बढाउने होडबाजी चलेपछि केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेको छ । मंगलबार बैंकहरुलाई तीन बुँदे निर्देशन दिँदै राष्ट्र बैंकले ब्याजदर घटाउन भनेको छ ।
बैंकहरुले ११.१० प्रतिशतसम्म ब्याजदर पुर्‍याएपछि राष्ट्र बैंकले हस्तक्षेप गरेको हो ।

बैंकहरुले ब्याजदर परिवर्तन गर्दा अघिल्लो महिनाको तुलनामा १० प्रतिशतभन्दा बढी बढाउन वा घटाउन पाउने छैनन् । यस्तै व्यक्तिगततर्फको मुद्दती निक्षेपको ब्याजदर संस्थागतभन्दा १ प्रतिशत बिन्दुले बढी हुनुपर्ने छ ।

साथै, बैंक तथा वित्तीय संस्थाले कात्तिक महिनाका लागि प्रकाशित भइसकेको ब्याजदर समेत बढी भएको अवस्थामा संशोधन गर्नुपर्नेछ । यसरी कात्तिक ३ गतेभित्र आफ्नो वेवसाइटमा सार्वजनिक गर्ने गरी सोही मितिबाट लागू गर्नुपर्नेछ । यस्तो ब्याजदर कात्तिक ५ गतेभित्र दैनिक पत्रिकामा समेत प्रकाश गर्नुपर्नेछ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ९ : ४० बजे

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल