भारतीय सेनाको टोली जंगी अड्डामा « Khabarhub

भारतीय सेनाको टोली जंगी अड्डामा


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भ्रमणमा रहेको भारतको नेसनल डिफेन्स कोर्स – २०२१ को अधिकृतहरुले मंगलबार नेपाली सेनाको मुख्यालय जंगी अड्‍डाको भ्रमण गरेका छन् । जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति प्रभुराम शर्मासँग उक्त भ्रमणदलका प्रमुख रिअर एडमिरल धिरेन भिगले शिष्टाचार भेट गरेका थिए ।

उक्त टोलीलाई नेपाली सेनाको गतिविधिबारे जानकारी दिने र अन्तरक्रिया गर्ने कार्य भएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्भव पौडेलले जानकारी दिए । कार्यक्रमको शुरुमा प्रधान सेनापति शर्माले आफ्नो स्वागत मन्तव्य राख्दै यस्तो भ्रमणबाट दुई देशका सेनाबीच रही आएको सम्बन्धको सुदृढीकरण गर्न तथा द्विपक्षिय सुरक्षा चासोका विषयहरुको सम्बोधनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

उनीहरु गत असोज ३१ गते नेपाल आएका थिए । अध्ययन टुरमा आएका उक्त टोलीमा अस्ट्रेलिया, भुटान, माल्दिभ्स र श्रीलंका शिक्षार्थी पनि सामेल थिए ।

यसैबीच सेनाको सो टोलीले मंगलबार नै रक्षामन्त्री डा. मिनेन्द्र रिजालसँग पनि भेट गरेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १० : ५० बजे

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन

दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ ।

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो