कांग्रेस महाधिवेशन : प्रदेशको अधिवेशन आजदेखि « Khabarhub

कांग्रेस महाधिवेशन : प्रदेशको अधिवेशन आजदेखि


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज (शुक्रबार)देखि प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन शुरु हुँदैछ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज देशैभरिका तीन सय ३० प्रदेशमा अधिवेशन हुने जानकारी दिएका हुन् । कांग्रेस केन्द्रीय महाधिवेशन २४-२६ मंसिरमा काठमाडौँमा हुने कार्यतालिका छ ।

तर, अझै सर्लाही, सिन्धुपाल्चोक र रसुवामा वडा र गाउँपालिका तहमा विवाद कायमै छ । जसकारण विवादित प्रदेश निर्वाचन क्षेत्रबाहेक अन्य ठाउँमा शुक्रबार नै अधिवेशन हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।

‘सबैजसो जिल्लामा वडा र पालिकास्तरका अधिवेशन सम्पन्न भएका छन्, विवाद देखापरेका जिल्लामा निर्वाचन समितिले थप निर्णय र निर्देशन दिनेछ,’ प्रवक्ता शर्माले भने, ‘तर पनि समस्या समाधान भएका जिल्लाहरुमा प्रदेशस्तरका निर्वाचन गर्दछौं ।’ उनका अनुसार तीन सय ३० वटा प्रदेशमा अधिवेशन सम्पन्न गरेपछि ६ मंसिरमा एक सय ६५ प्रतिनिधिसभा क्षेत्रमा अधिवेशन हुनेछ ।

प्रदेश सभा क्षेत्रीय अधिवेशनले आफूमध्येबाट कम्तीमा तीन महिलासहित १० जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट ६ जना प्रदेश सभा क्षेत्रको जनसंख्याको बनोटअनुसार, तोकिएबमोजिम समानुपातिक आधारमा गरी जम्मा १६ जना प्रतिनिधि निर्वाचित गर्नेछ । प्रदेश अधिवेशनको प्रतिनिधि हुन क्रियाशील सदस्यता प्राप्त गरेको तीन वर्ष पुगेको हुनुपर्नेछ ।

प्रदेश सभा कार्यसमितिमा एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव निर्वाचनबाट छानिनेछन् । कार्यसमितिमा आएका १६ जना प्रतिनिधिमध्येबाट कोषाध्यक्ष मनोनयन गरिनेछ । सभापतिले कार्यसमितिको २० प्रतिशत अर्थात् चार जना सदस्य मनोनीत गर्ने छन् । यसरी जनसंख्याका आधारमा प्रदेश सभा निर्वाचन समिति २७ सदस्यीय वा त्यो भन्दा केही तल-माथि हुनेछ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ७ : ०५ बजे

गगन र विश्वलाई योगेशको सलाम

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशन

कांग्रेसको विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधि सहभागी

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिहरूको

राज्यका प्रमुख संस्थामाथि आक्रमण गर्नेलाई निर्वाचनमार्फत पराजित गर्नुपर्छ : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यका प्रमुख संस्थामाथि

पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशप्रेमको भावना विकासमा प्रेरित गर्छ : लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीले

जनआक्रोसलाई सम्बोधन गर्न विशेष अधिवेशन बोलाइएको हो : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका असन्तुष्टि सुन्न