सर्वोच्च अदालतमा बारको धर्ना जारी, सुरक्षा व्यवस्था कडा « Khabarhub

सर्वोच्च अदालतमा बारको धर्ना जारी, सुरक्षा व्यवस्था कडा


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना जारी राखेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै बारले आज तेस्रो चरणको अन्तिम दिन आन्दोलन गरिरहेको छ ।

उसले आजसम्म राजीनामा दिन प्रधानन्यायाधीश राणालाई तीन दिनको अल्टिमेटम दिएको थियो । आफूहरुले भनेअनुसार राजीनामा नआए भोलिदेखि देशभरका उच्च अदालतमा पनि आन्दोलन गर्ने बारको तयारी छ । जहाँ सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

बारको आन्दोलनलाई समर्थन गरेको सर्वोच्च अदालतकै न्यायाधीशहरू आजबाट इजलासमा फर्किदै छन् । गोलाप्रथाद्वारा मुद्दाको पेसीको तोक्ने राणाले सहमति जनाएपछि न्यायाधीशहरू इजलास फर्किन तयार भएका हुन् ।

तर, बारले भने राणाको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनलाई जारी राख्ने भएको छ ।

पर्सा बारका पूर्व अध्यक्ष पन्नालाल गुप्ताले यो आन्दोलन अदालतमा भइरहेको विकृर्ती, विसंगती सुधारका लागि भएको बताएका छन् । सर्वोच्चमा जारी बारको धर्नालाई संवोधन गर्दै उनले यो आन्दोलनमा प्रदेश २ का सम्पूर्ण बारहरुको समर्थन रहेको बताए ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ११ : ५२ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान