सुत्नुअघि ऐश्वर्यासँग माफी माग्थे अभिषेक « Khabarhub

सुत्नुअघि ऐश्वर्यासँग माफी माग्थे अभिषेक


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(जीन्यूज)– बलिउडको रुचाइएका जोडी ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनको केमेष्ट्री जोकोहीलाई मनपर्छ । उनीहरुको वर्षौदेखिको बोण्डिङ आफैंमा प्रेरक छ ।

तर एक अन्तरवार्तामा अभिषेकले पति–पत्नीबीचको एक गोप्य कुराको खुलासा गर्दा सबै अचम्मित भएका छन् । अभिषेकका अनुसार हरेक दिन सुत्नुअघि ऐश्वर्यासँग उनी माफी माग्छन् ।

केही समय अघिको एक अन्तरवार्तामा ऐश्वर्या र अभिषेक एकसाथ उपस्थित थिए । त्यो अन्तरवार्तामा अभिषेकले आफ्नो वैवाहिक जीवनको बारेमा एक रोचक किस्सा खुलाएका थिए ।

अन्तरवार्तामा ऐश्वर्याले आम जोडीजस्तै आफ्नो पनि अभिषेकसँग झगडा परिरहने बताएकी थिइन् । ऐश्वर्याले अभिषेकसँग ‘झगडा’ नभई ‘असहमति’ हुने गरेको र असहमति नभएको जीवन दिक्क लाग्दो हुने उल्लेख गरेकी थिइन् ।

‘हामीले मिलेर झगडा गरेर नसुत्ने निर्णय लिएका थियौं । त्यहीकारण म हरेक दिन सुत्नु अघि अघिल्लो दिनको हरेक गल्तीका लागि ऐश्वर्यासँग माफी माग्थें । महिलाहरु त्यसै पनि आफ्नो गल्तीलाई स्वीकार्दैनन् । त्यसकारण म नै ऐश्वर्यासँग माफी माग्थें’, अभिषेकले भनेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १२ : ४९ बजे

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ