सुत्नुअघि ऐश्वर्यासँग माफी माग्थे अभिषेक « Khabarhub

सुत्नुअघि ऐश्वर्यासँग माफी माग्थे अभिषेक


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(जीन्यूज)– बलिउडको रुचाइएका जोडी ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनको केमेष्ट्री जोकोहीलाई मनपर्छ । उनीहरुको वर्षौदेखिको बोण्डिङ आफैंमा प्रेरक छ ।

तर एक अन्तरवार्तामा अभिषेकले पति–पत्नीबीचको एक गोप्य कुराको खुलासा गर्दा सबै अचम्मित भएका छन् । अभिषेकका अनुसार हरेक दिन सुत्नुअघि ऐश्वर्यासँग उनी माफी माग्छन् ।

केही समय अघिको एक अन्तरवार्तामा ऐश्वर्या र अभिषेक एकसाथ उपस्थित थिए । त्यो अन्तरवार्तामा अभिषेकले आफ्नो वैवाहिक जीवनको बारेमा एक रोचक किस्सा खुलाएका थिए ।

अन्तरवार्तामा ऐश्वर्याले आम जोडीजस्तै आफ्नो पनि अभिषेकसँग झगडा परिरहने बताएकी थिइन् । ऐश्वर्याले अभिषेकसँग ‘झगडा’ नभई ‘असहमति’ हुने गरेको र असहमति नभएको जीवन दिक्क लाग्दो हुने उल्लेख गरेकी थिइन् ।

‘हामीले मिलेर झगडा गरेर नसुत्ने निर्णय लिएका थियौं । त्यहीकारण म हरेक दिन सुत्नु अघि अघिल्लो दिनको हरेक गल्तीका लागि ऐश्वर्यासँग माफी माग्थें । महिलाहरु त्यसै पनि आफ्नो गल्तीलाई स्वीकार्दैनन् । त्यसकारण म नै ऐश्वर्यासँग माफी माग्थें’, अभिषेकले भनेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १२ : ४९ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली