गायिका सोफियाले पुरुष प्रशंसकको मुखमा पिसाब गरेपछि… « Khabarhub

गायिका सोफियाले पुरुष प्रशंसकको मुखमा पिसाब गरेपछि…


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)– गत साता एक लाइभ कन्सर्टका समयमा हलिउड गायिका सोफिया उरिस्ताले स्टेजमा एक पुरुष प्रशंसकलाई बोलाएर उनको मुखमा पिसाब गरेकी छन् । उनले स्टेजमा पुगेका प्रशंसकलाई सुताएर उनको मुखमा पिसाब गरिदिएकी हुन् । यो दृश्यको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

सामाजिक सञ्जालमा पनि ट्रोल भएपछि गायिका आफ्नो गल्तीप्रति माफी मागेकी छन् । उनले इन्स्टाग्राममा आफ्नो उद्देश्य कसैमाथि दुःख पुर्याउनु नरहेको उल्लेख गरेकी छन् ।

सोफियाले आफू स्टेजमा जहिल्यै पनि नियम संगत रहने बताएकी छन् । ‘तर त्यो रात मैले आफ्नो नियमलाई बिर्सिएँ । म आफ्नो परिवार, आफ्नो व्याण्ड र सबैभन्दा बढी प्रशंसकलाई प्रेम गर्छु । म स्वीकार्छु कि मेरो पिसाब गर्नुको स्टण्ट सही थिएन । म यसका लागि माफी माग्छु । मानिसलाई आहत बनाउने मेरो मनसाय होइन’, गायिकाले लेखेकी छन् ।

यो दुर्भाग्यपूर्ण घटनाप्रति गायिकाको व्याण्ड ‘ब्रास अगेन्स्ट’ले पनि माफी मागेको छ । ‘सोफिया उरिस्ता धेरै नै उत्साहित भएकी थिइन् । यो कुराको हामीले अपेक्षा पनि गरेका थिएनौं । यद्यपि तपाईंहरु फेरी हाम्रो शोमा यस्तो देख्नुहुने छैन । यो सबै घटना अप्रत्याशित थियो’, व्याण्डले ट्वीट गरेको छ ।

गत नोभेम्बर ११ मा भएको एक लाइभ कन्सर्टको भाइरल भिडियोमा सोफियाले आफ्नो पेन्ट खोलेर प्रशंसकको मुखमा पिसाब गरेको देख्न सकिन्छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १ : ४५ बजे

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी