सातै प्रदेशमा सामाजिक सुरक्षा कोषको कार्यालय स्थापना गरिने « Khabarhub

सातै प्रदेशमा सामाजिक सुरक्षा कोषको कार्यालय स्थापना गरिने


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले सात वटै प्रदेशमा सामाजिक सुरक्षा कोषको कार्यालय स्थापना गरिने बताएका छन् ।

मन्त्री श्रेष्ठले कार्यविधि, कानून निर्माण लगायतका कुरामा छलफल गरी छिट्टै स्थापना हुने बताएका हुन् ।

शुक्रबार बैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

त्यस्तै श्रम स्वीकृतिका लागि पनि सात वटै प्रदेशबाट सेवा विस्तार गरिने बताएका छन् ।

‘छिट्टै ७ वटै प्रदेशबाट श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको सेवा दिइनेछ’ कार्यक्रममा उनले भने, ‘यी काम गर्न केन्द्रमा भौतारिएर आउनुपर्ने अवस्थाको अन्त्य हुनेछ ।’

यसअघि गत शुक्रबार निरीक्षणका क्रममा वैदेशिक रोजगारको कार्यालय ताहचल पुगेका थिए । सेवाग्राहीको भीडमा उनले प्रत्यक्ष समस्या सुनेका थिए । त्यससँगै सेवाका लागि घण्टौंसम्म लाइन बस्नुपर्ने बाध्यता हटाएर छिटो छरितो तरिकाले सेवा दिने कार्यालय बनाउने उनले प्रतिवद्धता गरेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  २ : ३८ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा