स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा « Khabarhub

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने घोषणा गरेका छन्। संसद्को कार्यकाल समाप्त हुनुअघि नै नयाँ जनादेश लिन उनले निर्वाचन घोषणा गरेका हुन् ।

प्रधानमन्त्री सान्चेजले सोमबार बिहान मोनक्लोवा प्यालेसबाट भिडियो वक्तव्यमार्फत निर्वाचनको घोषणा गर्दै सोही दिन संसद् विघटन र निर्वाचन आह्वानका लागि असाधारण मन्त्रिपरिषद् बैठक बोलाउने बताए।

संसद्ले शुक्रबार आवास सङ्कट न्यूनीकरण तथा भाडावालको सुरक्षा सुदृढ गर्ने उद्देश्यले सरकारले ल्याएका दुई अध्यादेश अस्वीकार गरेपछि प्रधानमन्त्री सान्चेजले निर्वाचन घोषणा गरेका हुन्। ती दुवै अध्यादेशको विपक्षमा पिपुल्स पार्टी, भोक्स र क्याटालान कन्जरभेटिभ पार्टी ‘जुन्ट्स पर क्याटालुन्या’ले मतदान गरेका थिए।

सरकारका प्रस्ताव अस्वीकृत हुनुले सान्चेज नेतृत्वको स्पेनी समाजवादी मजदूर पार्टीको गठबन्धन सरकारको कमजोर संसदीय अवस्थालाई थप स्पष्ट पारेको छ। सरकार कानुन पारित गर्न साना तथा क्षेत्रीय दलहरूको समर्थनमा निर्भर रहँदै आएको छ।

३५० सदस्यीय ‘कङ्ग्रेस अफ डिपुटीज’मा सान्चेजको समाजवादी पार्टीका १२१ सांसद छन् भने गठबन्धन साझेदार वामपन्थी गठबन्धन सुमारसँग २६ सिट छ। सरकारलाई बहुमतका लागि बास्क राष्ट्रवादी पार्टी, क्याटालान रिपब्लिकन लेफ्टलगायत क्षेत्रीय दलको समर्थन आवश्यक पर्दै आएको छ।

सान्चेजले सरकारको एजेन्डा अघि बढाउन नयाँ जनसमर्थन र व्यापक प्रगतिशील बहुमत आवश्यक रहेको बताउँदै निर्वाचनमा जाने निर्णय गरेको बताए। उनले आफ्नो सरकारले केही गल्ती गरेको र तय गरिएका सबै उद्देश्य हासिल गर्न नसकेको पनि स्वीकार गरे।

स्पेनमा आवासको बढ्दो समस्या र महँगो भाडाविरुद्ध पछिल्लो समय व्यापक प्रदर्शन हुँदै आएका छन्। सप्ताहन्तमा राजधानी म्याड्रिडसहित विभिन्न सहरमा प्रदर्शनकारीले आवास सङ्कट समाधानका लागि सरकारले थप प्रभावकारी कदम चाल्न माग गरेका थिए।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ७ : ४० बजे

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको

तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना