चितवन पुगेर माधव नेपालले भने– एमाले इतिहासको विषय बन्दै छ « Khabarhub

चितवन पुगेर माधव नेपालले भने– एमाले इतिहासको विषय बन्दै छ


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले इतिहासको विषय बन्न लागेको टिप्पणी गरेका छन् ।

एमालेले चितवनमा हुन लागेको १०औँ महाधिवेशनको तयारी गरिरहेका बेला शुक्रबार चितवन पुगेका नेपालले अब एमाले इतिहासमा सीमित हुने बताए ।

जिल्ला पार्टी कार्यालय उद्घाटन र कार्यकर्तालाई प्रशिक्षण दिन चितवन आएका नेपालले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै चुनावमा कसले कसलाई पछार्छ भन्ने कुरा राष्ट्रिय सभाको चुनावमा देखिसकेको बताए । आगामी चुनावमा पनि मिलेरै जाने उनले बताए ।

‘कतिपय पार्टी र नेताको सातो गइसकेको छ । होस् गुम भइसकेको छ’, उनले भने, ‘समाजवादीको नाम सुन्ने बित्तिकै काम्छन् । कसले कसलाई पछार्छ भन्ने कुरा त अस्तिकै राष्ट्रिय सभाको चुनावमा देखिसक्यो । पहिल्यै परीक्षण भइसकेको छ । एमाले इतिहासको विषय बन्दै छ ।’

नेकपा एमालेका अध्यक्ष केपी ओलीले १५ कात्तिकमा चितवन आएर पाँच दलीय गठबन्धनलाई एमालेले धोबीले लुगा पछारेझैँ पछार्नुपर्ने बताएका थिए ।

एमालेको महाधिवेशनको विषयमा आफूलाई कुनै चासो नभएको नेपालले बताए । एमालेको महाधिवेशनमा पाहुना भएर जान आफूलाई समय पनि नरहेको उनले बताए ।

‘हामी डेमोक्रयाटिक पद्धतिबाट अघि बढ्ने मान्यता राखेको मान्छे । सबैको मान र सम्मान हुनुपर्छ भन्ने मान्यता राखेको मान्छे । त्यसो हुनाले नबोलाएको ठाउँमा पाहुना बन्नु हुँदैन । कसैको पाहुना हुनुपर्ने केही चासो छैन, मतलब पनि छैन । हामी आफ्नै काममा यति व्यस्त छौँ कि फुर्सदै छैन’, उनले भने ।

जनता र कार्यकर्ताहरूको आकर्षण आफ्नो पार्टीमा देखिएको भन्दै उनले पार्टीको विकास देखेर धेरै मानिसमा इर्ष्या देखिएको बताए । इर्ष्या भएरै आफूहरूलाई महाधिवेशनमा नबोलाउने कुरा एमालेले गरेको उनले संकेत गरे ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ३ : २४ बजे

यी भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक

विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको