१२ कक्षाको नतिजा छिटो प्रकाशन शिक्षा मन्त्री पौडेलको निर्देशन « Khabarhub

१२ कक्षाको नतिजा छिटो प्रकाशन शिक्षा मन्त्री पौडेलको निर्देशन


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले राष्ट्रिय परीक्षा बोर्डलाई कक्षा १२ को नतिजा छिटो प्रकाशन गर्न निर्देशन दिएका छन् । शुक्रबार अनुगमन गर्न सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्ड पुगेका मन्त्री पौडेलले १२ को नतिजा प्रकाशनमा ढिलाई गरेको भन्दै छिटो प्रकाशन गर्न निर्देशन दिएका हुन् । उनले बोर्ड चुस्त र दुरुस्त हुनपर्ने बताए ।

परीक्षा अगाबै प्रश्नपत्र बाहिरिने गरेको गुनासोप्रति पनि सम्वेदनशील बन्न कर्मचारीलाई मन्त्री पौडेलले आग्रह गरेका छन् । उनले भने, ‘परीक्षा हुनु अगाडि नै प्रश्नपत्र बाहिरिने गुनासो आउन नदिन सम्वेदनशील हुनुहोस् ।’

त्यस्तै बोर्डमा भएका समस्या र त्यसको समाधानका उपायसहित मन्त्रालयमा आउन मन्त्री पौडेलले कर्मचारीलाई निर्देशन दिएका छन् ।

उनले भने, ‘जनशक्ति अभाव, भौतिक पूर्वाधार लगायत के कस्ता समस्या छन् र त्यसको समाधानका लागि के गर्न सकिन्छ भन्ने उपायसहित मन्त्रालयमा आउनु होला । अनि छलफल गरेर समाधान गरौं ।’ मन्त्री पौडेलले बोर्डका कर्मचारीहरुलाई जनताले देख्ने गरी कार्यसम्पादन गर्न समेत आग्रह गरेका छन् ।

त्यस्तै मन्त्री पौडेलले जनक शिक्षा सामाग्री केन्द्रलाई समयमै विद्यार्थीको हातमा पुग्ने गरी काम गर्न समेत निर्देशन दिएका छन् । बोर्ड नजिकै रहेको जनक शिक्षा केन्द्रमा पुगेर मन्त्री पौडलले त्यहाँका कर्मचारीहरुलाई पनि राम्रोसँग काम गर्न निर्देशन दिएका हुन् ।

मन्त्री पौडेलले मौजुदा मेसिनबाटै काम गरी समयमै विद्यार्थीको हातमा किताब पुरउने केन्द्रलाई निर्देशन दिएका हुन् ।

पुराना मेसिनहरुको तथ्यांक संकलन गरेर मन्त्रालयमा ल्याउन पनि मन्त्री पौडेलले केन्द्रलाई निर्देशन दिएका छन् । उनले भने, ‘‘कहिलेका मेसिन हुन् त्यसको तथ्यांक ल्याउनुस् फेर्नुपर्ने भए नयाँ मेसिन खरिदका लागि अर्थमन्त्रालाई भनौला ।’

१ देखि १२ कक्षासम्मका पाठ्यपुस्तक जनक शिक्षा केन्द्रले नै छाप्नुपर्ने मन्त्री पौडेलले बताए । उनका अनुसार जनक शिक्षाले नै गुणस्तरीय छपाइ गरेर आफैँले सबै पुस्तक ढुवानी गरी सहज रुपमा विद्यार्थीको हातमा एकै पटक पुस्तक पुर्‍याउने गरी काम गर्नुपर्छ ।

यसवर्ष कक्षा १२ को परीक्षाका लागि ३ लाख ७२ हजार ३४८ जना विद्यार्थीहरुले परीक्षा आवेदन फारम भरेको बोर्डले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ६ : २० बजे

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिक : नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौं– नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री रूपान्तरणलाई

विभिन्न एघार स्थानमा आगलागी, विपद्जन्य घटनामा एकै दिन ७७ लाखको आर्थिक क्षति

काठमाडौं– पछिल्लो २४ घण्टामा विभिन्न ११ स्थानमा आगलागी हुँदा एक

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

महेन्द्रनगर– खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार