नेपालले एमसीसी अनुदान नलिए अरु देशमा खर्च गर्छौं: सहायक विदेशमन्त्री लु « Khabarhub

नेपालले एमसीसी अनुदान नलिए अरु देशमा खर्च गर्छौं: सहायक विदेशमन्त्री लु



काठमाडौँ– तीन दिने नेपाल भ्रमण सकेर अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार साँझ स्वदेश फर्किएका छन् । काठमाडौँमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका उनले स्वदेश फर्किनुअघि पत्रकारहरुसँग यो भ्रमणबारे प्रतिक्रिया दिए ।

उनले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्न अमेरिकाले नेपाललाई दबाब नदिने तर सुझाव दिने बताए। यसलाई समर्थन गर्न एसियाली मुलुकले ‘परामर्शमूलक र लोकतान्त्रिक दृष्टिकोण’ अपनाउनुपर्ने उनको भनाइ छ।

उनले एमसीसीबारे धेरै भ्रम फैलिएकोमा अमेरिका ‘चिन्तित र अचम्मित’ भएको बताए ।

‘अनुदानको बारेमा गलत सूचना आउनु अलिकति अचम्मको कुरा हो,’ लुले भने, ‘नेपालले अनुदान नलिए अरु देशमा खर्च गर्छौं । र, नेपालले अनुमोदन नगरे हामीलाई ठिक छ ।”

उनले नेपाली नेताहरु, विशेष गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा एमसीसी अनुमोदन गर्न डिसेम्बर १४ सम्मको समयसीमा तोकेको मिडिया रिपोर्टलाई पनि खारेज गरे।

‘होइन, हामीले कुनै समयसीमा तोकेका छैनौं,’ लुले थपे, ‘हामीले उनीहरू (नेता)लाई अनुदानमा अन्तिम निर्णयमा पुग्न सल्लाहकार र लोकतान्त्रिक दृष्टिकोण अपनाउन भन्यौं ताकि सबै आवाजहरू मिलाउन सकियोस्।’

लुले अनुदान, जलवायु परिवर्तन न्यूनीकरण, स्वच्छ ऊर्जालगायतका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत नेपाली नेताहरूको उत्साहबाट आफू प्रभावित भएको बताए तर अधिकांश नेताहरूले सबै राजनीतिक दलसँग सहमति कायम गर्ने कुरा गरेको संकेत गरे । ।

उनले अमेरिकाले नेपाल र चीन, भारतलगायत छिमेकीसँग राम्रो सम्बन्ध चाहेको पनि बताए ।

‘नेपाल र अमेरिकाबीचको सम्बन्धको अवसरलाई हामीले बुझ्नुपर्छ’, लुले भने, ‘नेपालको आर्थिक विकास, स्वतन्त्रता र सार्वभौमसत्ता अमेरिकाका लागि महत्वपूर्ण भएकाले अमेरिका नेपालसँग थप व्यापार गर्न चाहन्छ ।’

उनले अमेरिकाले पनि नेपालसँग स्वतन्त्र रुपमा व्यवहार गर्न चाहेको बताए ।

यसैबीच, उपसहायक विदेशमन्त्री केली केइडरलिङले अमेरिकाले नेपाल र अन्य दक्षिण एसियाली देशलाई भारतसँगै नहेर्ने बताइन् ।

‘हामी तिनीहरूलाई अलग हेर्छौं। त्यही भएर यहाँ आएकी हुँ,’ उनले भनिन् ।

यसैबीच शुक्रबार दिउँसो माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरेका लुले भने, ‘मलाई उहाँ (प्रचण्ड) निकै रोचक लाग्यो । उहाँ एक रोचक व्यक्ति हुनुहुन्छ।’

यसअघि दिउँसो अमेरिकी सहायक विदेशमन्त्री लुले प्रचण्डलाई अमेरिकी अनुदान सहयोगका विषयमा चाँडो निर्णयमा पुग्न आग्रह गर्दै सम्झौताको टाइमलाइनको स्मरण गराएको बुझिएको छ ।

जवाफमा प्रचण्डले विवादास्पद मानिएका केही प्रावधानप्रति भ्रमणमा रहेका अधिकारीको ध्यानाकर्षण गराए ।

प्रचण्डले एमसीसीबारे साझा बुझाइमा पुग्ने प्रयास भइरहेको बताए ।

तीन दिने नेपाल भ्रमणका क्रममा अमेरिकी सहायकमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली, परराष्ट्रमन्त्री डा नारायण खड्कालगायतसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ९ : ४३ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक