माछा मार्न प्रयोग भएको करेन्ट लागेर महिलाको मृत्यु « Khabarhub

माछा मार्न प्रयोग भएको करेन्ट लागेर महिलाको मृत्यु


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पामा माछा मार्न लगाइएको करेन्ट लागेर महिलाको मृत्यु भएको रहस्य बाहिर आएको छ । पाल्पा रैनादेवी छहरा गाउँपालिका–२ तासियलका बलबहादुर विकको श्रीमती ३२ वर्षीय सुमित्रा विकको माछा मार्न लगाइएको विद्युतको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएका छन् ।

घरबाट सर्दी खेतमा गएकी विकलाई खोलामा पस्दा स्थानीय युवाले माछा मार्न लगाएको करेन्ट लागेको थियो । करेन्ट लागेर अचेत अवस्थामा रहेकी विकलाई उपचारका लागि युनाइटेड मिसन अस्पतालमा लगिएको थियो । अस्पतालमा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।

सोही घटनामा सङ्लग्न रहेको भन्दै प्रहरीले छ जनालाई पकाउ गरेको छ । पक्राउ पर्नेमा रैनादेवी छहरा–२ बस्ने हुमबहादुर घर्ती, हरिप्रसाद पाण्डेय, अलि बुढा, पदमबहादुर गाहा र धनबहादुर गाहा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए । सूर्य गरजा र लालबहादुर बुढा भने फरार रहेका छन् । मङ्गलबार विकको मत्यृ भए पनि प्रहरीले दुईपछि बिहीबार मात्र घटनामा सङ्लग्नलाई पक्राउ गरेको हो । रासस

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १० : १० बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा