विश्वभर ५ लाख ३९ हजार कोरोना संक्रमित थप « Khabarhub

विश्वभर ५ लाख ३९ हजार कोरोना संक्रमित थप

४ लाख २० हजार निको, ५ हजारको मृत्यु


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ३९ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओर्ल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै बेलायतमा ९० हजार ४१८, अमेरिकामा ७१ हजार ४०४, फ्रान्समा ५८ हजार ५३६, जर्मनीमा ३० हजार ९५३, इटलीमा २८ हजार ६४, रुसमा २७ हजार ४३४ र पोल्याण्डमा १९ हजार ३९७ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ४ लाख २० हजार ३८६ जना कोरोनामुक्त भएका छन् भने ५ हजार ५८ जना संक्र्रमितको मृत्यु भएको छ ।

कोरोनाबाट निको हुनेमा जर्मनीमा ४४ हजार ७००, बेलायतमा ४४ हजार १९५, रुसमा ३८ हजार ४१, अमेरिकामा ३१ हजार ८९७, फ्रान्समा ३१ हजार ४८६, टर्कीमा २५ हजार ५६८ र पोल्याण्डमा २६ हजार ९२ जना छन् ।

कोरोनाबाट मृत्यु हुनेका दैनिक संख्या रुसमा एक हजार ७६ जना रहेका छन् । यसैगरी अमेरिकामा ४४३, जर्मनीमा २३०, टर्की १९१, ब्राजिलमा १३७ र बेलायतमा १२५ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ६ : १५ बजे

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध

सुनसरी १ मा मेयर हर्कसँग नेकपाबाट वडाध्यक्ष मनोज भट्टराईले प्रतिस्पर्धा गर्ने

धरान- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले