ओमिक्रोन८४ देशमा फैलिसक्यो, डब्लूएचओ भन्छ- खोपबारे थप अध्ययन आवश्यक « Khabarhub

ओमिक्रोन८४ देशमा फैलिसक्यो, डब्लूएचओ भन्छ- खोपबारे थप अध्ययन आवश्यक


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस ८९ देशमा फैलिसकेको जनाएको छ ।

ओमिक्रोन विश्वको ठूलो जनसंख्यामा तीव्र गतिमा फैलिरहेको र समुदाय स्तरमा यसले भयाबह रूप लिएको डब्लूएचओले बताएको छ ।

वैज्ञानिकहरुले विद्यमान खोपले नै ओमिक्रोनविरुद्ध काम गर्ने र त्यसका लागि बुस्टर डोज चाहिने बताउँदै आएका छन् । ओमिक्रोन फैलिएपछि विभिन्न देशले बुस्टर डोजलाई तिव्रता दिएका छन्, यद्यपी नयाँ भेरियन्टबारे चौतर्फी त्रास बढ्दो छ ।

ल्याबमा गरिएका परीक्षणमा ओमिक्रोनबारे सीमित तथ्यांक मात्रै उपलब्ध भएकोले थप अध्ययन आवश्यक पर्ने डब्लूएचओको भनाई छ । ‘नयाँ भेरियन्टको असर, जोखिम र उपलब्ध खोप कति प्रभावकारी हुन्छन् भन्ने बारेमा अझै अध्ययन आवश्यक छ,’ डब्लूएचओले भनेको छ ।

२६ नोभेम्बरमा पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको थियो ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ७ : १५ बजे

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी

व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ– व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन

भूतपूर्व सैनिक सम्मेलन आइतबारदेखि हुँदै

काठमाडौँ– भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली सेनाले

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल