देश/प्रदेश

ओमिक्रोन८४ देशमा फैलिसक्यो, डब्लूएचओ भन्छ- खोपबारे थप अध्ययन आवश्यक

By खबरहब

December 19, 2021

एजेन्सी – विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस ८९ देशमा फैलिसकेको जनाएको छ ।

ओमिक्रोन विश्वको ठूलो जनसंख्यामा तीव्र गतिमा फैलिरहेको र समुदाय स्तरमा यसले भयाबह रूप लिएको डब्लूएचओले बताएको छ ।

वैज्ञानिकहरुले विद्यमान खोपले नै ओमिक्रोनविरुद्ध काम गर्ने र त्यसका लागि बुस्टर डोज चाहिने बताउँदै आएका छन् । ओमिक्रोन फैलिएपछि विभिन्न देशले बुस्टर डोजलाई तिव्रता दिएका छन्, यद्यपी नयाँ भेरियन्टबारे चौतर्फी त्रास बढ्दो छ ।

ल्याबमा गरिएका परीक्षणमा ओमिक्रोनबारे सीमित तथ्यांक मात्रै उपलब्ध भएकोले थप अध्ययन आवश्यक पर्ने डब्लूएचओको भनाई छ । ‘नयाँ भेरियन्टको असर, जोखिम र उपलब्ध खोप कति प्रभावकारी हुन्छन् भन्ने बारेमा अझै अध्ययन आवश्यक छ,’ डब्लूएचओले भनेको छ ।

२६ नोभेम्बरमा पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको थियो ।