माओवादी केन्द्रको प्रदेश नं २ अधिवेशन : बन्दसत्र आज « Khabarhub

माओवादी केन्द्रको प्रदेश नं २ अधिवेशन : बन्दसत्र आज


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – नेकपा (माओवादी केन्द्र) प्रदेश नं २ को अधिवेशनको बन्दसत्र आज सुरु हुँदैछ ।

सर्लाहीको लालबन्दीमा जारी अधिवेशनमा शनिबार प्रतिनिधि छनोटमा विवाद भएपछि आज बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको थियो ।

अधिकांश जिल्लाबाट निर्धारित सङ्ख्याभन्दा बढी प्रतिनिधि आएपछि विवाद भएको जिल्ला अध्यक्ष प्रल्हाद बुढाथोकीले जानकारी दिएका छन्।

पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेताबीचमा समस्या समाधानका लागि छलफल भइरहेकाले निकास निष्किने उनको भनाइ छ ।

प्रदेश अधिवेशनबाट २४१ सदस्यीय प्रदेश समिति बनाउने गृहकार्य भइरहेको छ । प्रत्येक पालिकाबाट एक जना प्रदेश समितिमा प्रतिनिधिमूलक रहने र प्रदेश तथा सङ्घीय निर्वाचन क्षेत्रलाई आधार बनाएर विगतको निर्वाचनबाट पार्टीलाई प्राप्त भएको मतानुसार प्रदेश समिति चयन गर्ने मापदण्ड बनाइएको छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ७ : ४७ बजे

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध

सुनसरी १ मा मेयर हर्कसँग नेकपाबाट वडाध्यक्ष मनोज भट्टराईले प्रतिस्पर्धा गर्ने

धरान- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले