माओवादी केन्द्रको प्रदेश नं २ अधिवेशन : बन्दसत्र आज « Khabarhub

माओवादी केन्द्रको प्रदेश नं २ अधिवेशन : बन्दसत्र आज


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – नेकपा (माओवादी केन्द्र) प्रदेश नं २ को अधिवेशनको बन्दसत्र आज सुरु हुँदैछ ।

सर्लाहीको लालबन्दीमा जारी अधिवेशनमा शनिबार प्रतिनिधि छनोटमा विवाद भएपछि आज बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको थियो ।

अधिकांश जिल्लाबाट निर्धारित सङ्ख्याभन्दा बढी प्रतिनिधि आएपछि विवाद भएको जिल्ला अध्यक्ष प्रल्हाद बुढाथोकीले जानकारी दिएका छन्।

पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेताबीचमा समस्या समाधानका लागि छलफल भइरहेकाले निकास निष्किने उनको भनाइ छ ।

प्रदेश अधिवेशनबाट २४१ सदस्यीय प्रदेश समिति बनाउने गृहकार्य भइरहेको छ । प्रत्येक पालिकाबाट एक जना प्रदेश समितिमा प्रतिनिधिमूलक रहने र प्रदेश तथा सङ्घीय निर्वाचन क्षेत्रलाई आधार बनाएर विगतको निर्वाचनबाट पार्टीलाई प्राप्त भएको मतानुसार प्रदेश समिति चयन गर्ने मापदण्ड बनाइएको छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ७ : ४७ बजे

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि