गठबन्धनको सहमतिपछि मात्रै एमसीसी अघि बढ्छ : परियार « Khabarhub

गठबन्धनको सहमतिपछि मात्रै एमसीसी अघि बढ्छ : परियार


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सत्तारुढ गठबन्धनमा रहेका दलहरुले सहमति जनाएपछि मात्र एमसीसी संसद्बाट पारित हुने बताएका छन् ।

नेपाल प्रेस युनियनले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा आगामी संसद् बैठकमा एमसीसी टेबल हुने सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासामा उनले सबै दलसँग परामर्श गरेर संसद्बाट पारित हुने गरी छलफल गरेरमात्र कांग्रेसले एससीसीको प्रस्ताव अघि बढाउने उल्लेख गरे ।

उनले भने, ‘नेपालको अहित हुने गरी कुनै किसिमका प्रावधान एमसिसी सम्झौतामा छन् भने त्यसलाई हटाउनुपर्दछ, त्यसमा हाम्रो पार्टी अत्यन्त प्रतिबद्ध छ, कमजोरी भएका छन् भने ती शब्दाबली र बुँदा हटाएर सबै दलहरुसँग परामर्श गरेर संसद्बाट पारित हुन सक्ने गरी कांग्रेसले अगाडि बढ्छ ।’

कांग्रेस लोकतान्त्रिक र लोकतान्त्रिक मुल्यमान्यतामा विश्वास गर्ने पार्टी रहेको र विधिसम्मत ढङ्गले चल्ने भएकाले वडादेखि केन्द्रसम्म निर्वाचनका माध्यमबाट नेतृत्व चयन गरिएको उनले बताए ।

उनले भने, ‘अहिले पार्टीमा नेतृत्व चयनको अधिवेशन गरेका छौँ, अब वैचारिक र साङ्गठनिक रुपमा कसरी पार्टीलाई अघि बढाउने भन्ने दस्तावेज केन्द्रीय कार्य समितिले प्रस्ताव गरेर महासमितिको भेलाबाट पारित गरेर अघि बढ्न जरुरी रहेको ।’

पार्टीभित्र विचारको बहस आवश्यक रहेकामा जोड दिँदै नेता परियारले त्यो विचारको बहस विना सैद्धान्तिक विचारमा स्पष्टता नआएसम्म पार्टीले दृष्टिकोण अगाडि बढाउन नसक्ने उल्लेख गरे ।

 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १२ : ५९ बजे

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत