गठबन्धनको सहमतिपछि मात्रै एमसीसी अघि बढ्छ : परियार « Khabarhub

गठबन्धनको सहमतिपछि मात्रै एमसीसी अघि बढ्छ : परियार


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सत्तारुढ गठबन्धनमा रहेका दलहरुले सहमति जनाएपछि मात्र एमसीसी संसद्बाट पारित हुने बताएका छन् ।

नेपाल प्रेस युनियनले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा आगामी संसद् बैठकमा एमसीसी टेबल हुने सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासामा उनले सबै दलसँग परामर्श गरेर संसद्बाट पारित हुने गरी छलफल गरेरमात्र कांग्रेसले एससीसीको प्रस्ताव अघि बढाउने उल्लेख गरे ।

उनले भने, ‘नेपालको अहित हुने गरी कुनै किसिमका प्रावधान एमसिसी सम्झौतामा छन् भने त्यसलाई हटाउनुपर्दछ, त्यसमा हाम्रो पार्टी अत्यन्त प्रतिबद्ध छ, कमजोरी भएका छन् भने ती शब्दाबली र बुँदा हटाएर सबै दलहरुसँग परामर्श गरेर संसद्बाट पारित हुन सक्ने गरी कांग्रेसले अगाडि बढ्छ ।’

कांग्रेस लोकतान्त्रिक र लोकतान्त्रिक मुल्यमान्यतामा विश्वास गर्ने पार्टी रहेको र विधिसम्मत ढङ्गले चल्ने भएकाले वडादेखि केन्द्रसम्म निर्वाचनका माध्यमबाट नेतृत्व चयन गरिएको उनले बताए ।

उनले भने, ‘अहिले पार्टीमा नेतृत्व चयनको अधिवेशन गरेका छौँ, अब वैचारिक र साङ्गठनिक रुपमा कसरी पार्टीलाई अघि बढाउने भन्ने दस्तावेज केन्द्रीय कार्य समितिले प्रस्ताव गरेर महासमितिको भेलाबाट पारित गरेर अघि बढ्न जरुरी रहेको ।’

पार्टीभित्र विचारको बहस आवश्यक रहेकामा जोड दिँदै नेता परियारले त्यो विचारको बहस विना सैद्धान्तिक विचारमा स्पष्टता नआएसम्म पार्टीले दृष्टिकोण अगाडि बढाउन नसक्ने उल्लेख गरे ।

 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १२ : ५९ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि