‘फिच्यो’ को विशेष प्रदर्शनी « Khabarhub

‘फिच्यो’ को विशेष प्रदर्शनी


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रेड ओशिय इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको गुरुङ भाषाको फिल्म ‘फिच्यो’ को काठमाडौंको सामाखुशीस्थित रानीदेवी पार्टी प्यालेसमा विशेष प्रदर्शन गरिएको छ । फिल्मका निर्देशक विकास घले गुरुङ हुन् ।

फिल्ममा विश्वास गुरुङ, कासी घले(इन्द्र), टिकाराम घले, सीतादेवी गुरुङ, कल्याण थापामगर, कृष्ण गुरुङ, डिबी गुरुङ, विरुप घले, पेम्बाछिरिङ शेर्पा, अन्जना गुरुङ र सिर्जना गुरुङको अभिनय छ ।

विशेष प्रदर्शनीमा तमु कलाकार संघका निर्वतमान अध्यक्ष राजु गुरुङ, लमजुङ घले समाजका अध्यक्ष द्रुतराज घले, गायक एवं सञ्चारकर्मी सहजकुमार घले, चलचित्र पत्रकार शान्तिप्रिय, उत्तरी गोरखा सांस्कृतिक समाजका अध्यक्ष सुनिला गुरुङ, गुरुङ फिल्मका अभिनेता बुद्ध गुरुङ, आनन्द गुरुङ, गायक तथा संगीतकार आँशु लामा, निर्देशक जनक गुरुङ एवं संगीतकार सन्तोष श्रेष्ठको सहभागिता रहेको थियो ।

शान्ति गुरुङ सु.मन्त्री गुरुङ, बुद्धिमाया गुरुङ एवं अभिनास माङसुम निर्माता रहेको फिल्ममा सोम गुरुङको सह–निर्देशन, प्रकाश गुरुङको छायांकन, सन्तोष श्रेष्ठ र गणेश गुरुङको संगीत, गोरे गुरुङको निर्देशनको नृत्य, तारा थापा ‘किम्भे’को सम्पादन, सम्राट थापाको पाश्र्वसंगीत छ । यो फिल्म अमेरिकामा पनि प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १ : ५६ बजे

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक