इमरान खानको सुरक्षाका लागि उनका छोराले गरे अन्तर्राष्ट्रिय समुदायसँग अपिल « Khabarhub

इमरान खानको सुरक्षाका लागि उनका छोराले गरे अन्तर्राष्ट्रिय समुदायसँग अपिल


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको जीवन जोखिममा रहेको भन्दै उनका छोरा कासिम खानले सुरक्षाका लागि तत्काल पहल गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत सन्देश जारी गर्दै कासिमले सेना प्रमुख असीम मुनीरको नेतृत्वमा रहेको पाकिस्तानी सैन्य प्रशासनमाथि हत्या, अपहरण र यातनाजस्ता गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन् । आफ्ना बुबाको हत्या हुनुअघि नै विश्व समुदायले हस्तक्षेप गर्नुपर्ने उनको आग्रह छ ।

यसैबीच, अन्तर्राष्ट्रिय मानव अधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले इमरान खान र उनकी पत्नी बुशरा बीबीको हिरासत अवस्था, स्वास्थ्य उपचार तथा परिवार र कानुनी प्रतिनिधिसँगको भेटघाटमा लगाइएको प्रतिबन्धप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

एम्नेस्टीका अनुसार इमरान खानलाई सन् २०२५ डिसेम्बरदेखि परिवारका सदस्यसँग भेट गर्न दिइएको छैन । सन् २०२६ अगस्टमा बहिनीसँग दुई पटक भेट्न पाए पनि मार्चदेखि छोराहरूसँग टेलिफोनमा कुराकानी गर्न दिइएको छैन ।

७४ वर्षीय पूर्वप्रधानमन्त्रीलाई एकान्त कारावासमा राख्दा उनको मानसिक तथा शारीरिक स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने संस्थाले चेतावनी दिएको छ ।

संस्थाले इमरान खानको रक्तचापसम्बन्धी गम्भीर समस्याको उल्लेख गर्दै सर्वोच्च अदालतको आदेश हुँदाहुँदै पनि स्वतन्त्र चिकित्सकबाट उपचारको व्यवस्था नगरिएको आरोप लगाएको छ । त्यस्तै, बुशरा बीबीको आँखासम्बन्धी रोगको पर्याप्त उपचार नभए दृष्टि गुम्ने जोखिम रहेको जनाएको छ ।

एम्नेस्टीले उनीहरूको हिरासतको अवस्थालाई नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धको धारा १० विपरीत भएको जनाएको छ । अधिकारका पक्षमा आवाज उठाएकै कारण इमरानका परिवारका सदस्यसमेत पक्राउ परेको भन्दै संस्थाले आपत्ति जनाएको छ ।

एम्नेस्टीका अनुसार पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को इस्लामाबाद मार्चसँग सम्बन्धित घटनामा इमरानका तीन बहिनीलाई सेप्टेम्बर २० र २१ मा सार्वजनिक व्यवस्था कायम गर्ने ऐन, १९६० अन्तर्गत पक्राउ गरिएको थियो । तीमध्ये दुई जना रिहा भए पनि अलीमा खान अझै लाहोरस्थित कोट लखपत जेलमा थुनामा छन्।

एम्नेस्टीले इमरान खान र बुशरा बीबीलाई पर्याप्त स्वास्थ्य उपचार उपलब्ध गराउन, परिवार तथा कानुनी प्रतिनिधिसँग नियमित भेटघाटको व्यवस्था गर्न र अलीमा खानलाई तत्काल रिहा गर्न पाकिस्तानी अधिकारीहरूसँग माग गरेको छ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  २ : २६ बजे

इमरान खानको सुरक्षाका लागि उनका छोराले गरे अन्तर्राष्ट्रिय समुदायसँग अपिल

इस्लामाबाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको जीवन जोखिममा रहेको भन्दै उनका छोरा

तातोपानी नाका खुलाउन परराष्ट्रमन्त्री खनालको जोड : चिनियाँ पक्षसँग के कुरा भयो ?

काठमाडाैँ– परराष्ट्रमन्त्री शिशिर खनालले तत्काल तातोपानी नाका खुलाउनका लागि जोड

हसिनाको फिर्ती घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा

ढाका- पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकले राष्ट्रव्यापी प्रदर्शन र बन्दको आह्वान गरेपछि

सेन्जेनको शक्तिशाली कूटनीतिक दृश्य : सीको पहलमा पुटिन र ट्रम्प एउटै टेबुलमा

सेन्जेन – चिनियाँ राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन

वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा सार्वजनिक

काठमाडौँ– नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘वैकल्पिक लगानी कोष नियमावली, २०८३’