नक्कली नेपाली रुपैयाँ सहित २ जना भारतीय नागरिक पक्राउ « Khabarhub

नक्कली नेपाली रुपैयाँ सहित २ जना भारतीय नागरिक पक्राउ


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– मलंगवा नगरपालिका ८ गोरखकालीस्थित भन्सार कार्यालय अगाडिबाट १ हजार दरको १ सय १५ थान गरी १ लाख १५ हजार नक्कली नेपाली रुपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत बिहार राज्य सितामढी थाना सोनवर्षा ग्राम सोनवर्षा ६ चिलरी टोल बस्ने ३७ वर्षीय आशिष भन्ने सुरेन्द्र महतो र भारत बिहार राज्य सितामढी थाना सोनवर्षा ग्राम लालबन्दी चिलरी१ बस्ने ४८ वर्षीय प्रमोद कुमार रहेका छन् ।

नेपालबाट भारतको सोनवर्षातर्फ जाँदै गरेको बीआर ३० वाई ४१३९ नम्बरको मोटरसाइकललाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनीहरुको शरीर तथा मोटरसाइकल तलासी गर्दा मोटरसाइकलको डिक्की र सिटको बिचको भागबाट उक्त नक्कली जस्तो देखिने रुपैयाँ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

साथै उनीहरुको साथबाट विभिन्न दरका १ सय ७० नेपाली रुपैयाँ र विभिन्न दरका ४७ हजार ५ सय १० भारतीय रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ४ : ४३ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी