नेवाः सुन्दरीले मनाए योमरी पुन्ही दिवस « Khabarhub

नेवाः सुन्दरीले मनाए योमरी पुन्ही दिवस


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘मिस नेवा’ र ‘मिस लिटिल नेवा’का विजेता, उपविजेता तथा पूर्व मिस नेवाहरुले योमरी पुन्ही दिवस मनाएका छन् । नेप्लिज फेसन होममा भेला भएका उनीहरुले योमरी बनाउन सिक्दै दिवस मनाएका हुन् ।

उनीहरुले आफूहरुले सिकेको योमरी बनाउने कला आगामी दिनमा अरूलाई पनि सिकाउने र परिवारमा योमरी बनाएर चाड मनाउने प्रतिबद्धता बताए ।

संस्थाकी अध्यक्ष हेमा मानन्धरले नेवार चाड पर्वमध्येको महत्वपूर्ण पर्व योमरी पुन्ही भएकाले यो दिवस मनाइएको जनाइन् । उनले योमरी संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न आफूहरुले ‘मिस नेवाः’हरुलाई हरेक वर्षझैं यस वर्ष पनि योमरी बनाउन सिकाएको खुलाइन् ।

कार्यक्रममा संस्थाका प्रबन्ध निर्देशक अशोककुमार श्रेष्ठ, ‘मिस नेवाः’हरु सुनीता डंगोल, नीतु डंगोल, कृषा महर्जन, प्रिया तण्डुकार, ‘मिस लिटिल नेवाः’ आर्या श्रेष्ठ, रिकृष्णा डंगोल, प्रकृति महर्जन, नयना शाक्य, इभान जोलिना महर्जन, तिसा तण्डुकार, वितिषा कंसाकारलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ५ : २२ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी