नेवाः सुन्दरीले मनाए योमरी पुन्ही दिवस « Khabarhub

नेवाः सुन्दरीले मनाए योमरी पुन्ही दिवस


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘मिस नेवा’ र ‘मिस लिटिल नेवा’का विजेता, उपविजेता तथा पूर्व मिस नेवाहरुले योमरी पुन्ही दिवस मनाएका छन् । नेप्लिज फेसन होममा भेला भएका उनीहरुले योमरी बनाउन सिक्दै दिवस मनाएका हुन् ।

उनीहरुले आफूहरुले सिकेको योमरी बनाउने कला आगामी दिनमा अरूलाई पनि सिकाउने र परिवारमा योमरी बनाएर चाड मनाउने प्रतिबद्धता बताए ।

संस्थाकी अध्यक्ष हेमा मानन्धरले नेवार चाड पर्वमध्येको महत्वपूर्ण पर्व योमरी पुन्ही भएकाले यो दिवस मनाइएको जनाइन् । उनले योमरी संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न आफूहरुले ‘मिस नेवाः’हरुलाई हरेक वर्षझैं यस वर्ष पनि योमरी बनाउन सिकाएको खुलाइन् ।

कार्यक्रममा संस्थाका प्रबन्ध निर्देशक अशोककुमार श्रेष्ठ, ‘मिस नेवाः’हरु सुनीता डंगोल, नीतु डंगोल, कृषा महर्जन, प्रिया तण्डुकार, ‘मिस लिटिल नेवाः’ आर्या श्रेष्ठ, रिकृष्णा डंगोल, प्रकृति महर्जन, नयना शाक्य, इभान जोलिना महर्जन, तिसा तण्डुकार, वितिषा कंसाकारलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ५ : २२ बजे

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा

कांग्रेसको कमान्ड गगनले लिएपछि दुई कम्युनिस्ट संवादमा, चुनाव सार्ने विषयमा कुराकानी 

काठमाडौं– निर्वाचन आयोगले नेपाली कांग्रेसको अधिकारिकता गगन थापालाई दिएसँगै दुई